थुनामा पठाउनुअघि अभियुक्तको कोरोना परीक्षण गर्न अदालतको आदेश

 न्यूज विराट
थुनामा पठाउनुअघि अभियुक्तको कोरोना परीक्षण गर्न अदालतको आदेश

चितवन, ५ वैशाख-कर्तव्य ज्यान मुद्दा अभियोगमा थुनामा पठाउनुपर्ने कैदीलाई कोरोना भाइरस परीक्षण गरेर मात्र कैदमा पठाउन अदालतले आदेश दिएको छ ।चितवन जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा तत्काल प्राप्त प्रमाणबाट दोषी देखिएको भन्दै १ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

तर, इजलासले प्रतिवादीको कोरोना भाइरस परीक्षण भएको नदेखिएको भन्दै आरडीटी या पीसीआर परीक्षण गरेर मात्र थुनामा पठाउन भनेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले छिमेकीको हत्या गर्ने चितवनकै हरिकृष्ण पाध्यालाई थुनामा पठाउने आदेश जारी गर्दै कोरोना संक्रमण भए नभएको यकिन गरेर मात्र कारागार पठाउन आदेश दिएको हो ।

सम्बन्धित समाचार

सरकारले ल्याएका २ अध्यादेश खारेज गर्न राजपाको माग

सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...

विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ । शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।...

कोरोना पछ्याउने एप सञ्चालनमा

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कता कस्तो छ भन्ने पत्ता लगाउने एक सञ्चालन गर्ने जानकारी गराएका छन् । केही दिनमा कोरोना कता कस्तो अवस्थामा छ भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ सञ्चालन गर्ने जानकारी गराएका छन् ।

शेयर बजार सर्वसाधारण अनुकुल बन्छः जनार्दन शर्मा

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण...

चीनसँगको तनावबीच अचानक लेह पुगे मोदी

एजेन्सी, असार १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहान अचानक लेह पुगेका छन् । मोदीले १५ जुनमा भारत र चीनका सेनाबीच भएको झडपपछिको अवस्थाबारे मोदीको उपस्थितिमा समीक्षा हुने बताइएको छ । १५ जूनको राति चिनियाँ सेनासँगको भिडन्तका...

कोरोना संक्रमणबाट पूर्वसभामुख महरा पत्नी सीताको निधन

काठमाडौं, १९ कात्तिक-कोरोना संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएको छ । भेन्टिलेटरमा उपचारका क्रममा पत्नी सीता महराको ५९ वर्षमा बुधबार बिहान ६ः१५ मा निधन भएको हो । उनी माइस्थेनिया नामक रोगबाटसमेत विगत १०...

ब्राउन सुगरसहित दुइ पक्राउ

विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५...

दाना-कुश्मा खण्ड प्रसारण लाइन असारभित्र संचालनमा ल्याइने

काठमाडौं, १० जेठ-कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्माखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण पालना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्