ब्राउन सुगरसहित दुइ पक्राउ

 न्यूज विराट
ब्राउन सुगरसहित दुइ पक्राउ

विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५ घर भएका २७ बर्षीय सन्तोष सिंह र २४ बर्षीय विजय मण्डल रहेका छन ।

प्रदेश नं २ को ००१ प २६७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको मोरंगका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए । उक्त ब्राउन सुगर झापाको दमकबाट किनेर ल्याएको उनीहरुले बताएको प्रहरीको भनाइ छ । मोरङ प्रहरीले भिडियो कन्फरेन्समार्फत बुधबार पत्रकार सम्मेलन गरि लागू औषधसहित पक्राउ परेकाहरुलाइ सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता : आर्मीले विजय सुरुवात गर्दा एपीएफको दोस्रो जित

विराटनगर । विभागीय टिम नेपाल आर्मी र एपीएफले विराटनगरमा जारी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । आर्मीले पहिलो जित निकाल्दा एपीएफले दोस्रो पटक जित हासिल गरेको हो ।...

भारतबाट चोरबाटो हुँदै नेपाल फर्कन लागेका ६ जना पक्राउ

सिरहा, ५ वैशाख-भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका ६ जनालाई पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ६ जनालाई पक्राउ गरी क्वाइरेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय...

नेकपा बैठकमा प्रचण्डको प्रश्न : निर्वाचन आयोगमा नेकपा एमाले कसले दर्ता गरायो ?

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा...

माटाका सामग्री वनाउने तालिम सुरु

  पथरीशनिश्चरे, १ असार । उत्तरपूर्वी मोरङमा सृजनाका क्षेत्रमा सक्रिय एभरेष्ट आर्ट फ्यूजनले आइतवारबाट माटाका सजावट तथा उपभोग्य सामग्री वनाउने १ महिने तालिम सुरु गरेको छ । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा पथरी सेरामिक उद्योगको समेत सहकार्यमा...

देउवालाई ओलीले भने- खोप हामीले जुटाएका हौँ, खोप, खोप भनेर राजनीति नगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति...

उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदै

विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...

आज दिउँसो प्रदेश १ सांसदको सपथ, पाँच सांसदको सपथ मातृभाषामा

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले आज सोमबार शपथ लिँदै छन्, जहाँ अधिकांशले राष्ट्रिय कामकाजको भाषा नेपालीमा शपथ लिँदा पाँच जनाले भने मातृभाषा रोजेका छन् ।ज्येष्ठ सदस्य गयानन्द मण्डलले दिउँसो १ बजे प्रदेशसभामा...

मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रीत गरेको सांसदहरुको आरोप

विराटनगर, असार ११–प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको सांसदहरूले आरोप लगाएका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्ने सांसदहरूले प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्