काठमाडौं, ५ वैशाख-सरकारले थप ३० हजार र्यापिड डाइग्नोस्टिक किट प्रदेशमा पठाएको छ । कोरोना भाइरसको परीक्षणलाई तीव्रता दिन प्रदेशमा थप ३० हजार र्यापिड किट पठाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको कोरोना भाइरससम्बन्धी नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले सरकारले गत साता ५/५ हजारका दरले र्यापिड किट प्रत्येक प्रदेशमा पठाइएकोमा अहिले आवस्यकता अनुसार थप ३० हजारभन्दा बढी किट पठाइएको बताए ।
यससँगै करिब ७० हजारको संख्यामा र्यापिड किटहरु प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताए । यस्तै, आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरू सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उनको भनाइ छ ।
उनका अनुसार पिसिआर विधिबाट ७ हजार ६ सय ८८ नमुना परीक्षण गरिएको छ । त्यस्तै, आरडीटी गर्ने १६ हजार ५ सय ६५ जना गरिएको छ । हालसम्म कोरोना भाइरसको आशंकमा कूल २४ हजार २ सय ५३ परीक्षण गरिएको उनले बताए । २४ घण्टाकै अवधिमा अवधिमा ४ हजार ८ सय २२ वटा जनाको परीक्षण गरिएको जनाएको छ । यस्तै, केहीको परीक्षणको क्रममा नै रहेको उनले बताए ।