कालो बजारीप्रति उद्योग सङ्गठन मोरङको ध्यानाकर्षण

 न्यूज विराट
कालो बजारीप्रति उद्योग सङ्गठन मोरङको ध्यानाकर्षण

विराटनगर, ४ बैशाख-उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालो बजारी नगर्न आग्रह गरेको छ ।

मानव जातिको अस्तित्व नै सङ्कटमा परिरहेको यस विषम परिस्थितिमा यसबाट बच्न नेपाल सरकारद्वारा अवलम्बन गरिएको लकडाउनलाई पालना गर्दै तथा उद्योग सञ्चालनका सम्बन्धमा जारी स्वास्थ्य सुरक्षा प्रोटोकल पालना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा बिक्री वितरणमा संलग्न उद्योगी व्यवसायीलाई साबिकको मूल्यमा बिक्री गर्न सो सङ्गठनद्वारा आज जारी विज्ञप्तिमा आग्रह गरिएको हो ।

सम्बन्धित निकायबाट हुने अनुगमनमा यदि कोही कसैले कालो बजारी गरेको पाइएका उद्योग सङ्गठन जिम्मेवार नहुने जानकारी गराउँदै विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाइसकेको तर ऋणको ब्याजदर नघटाएको हुँदा यो पनि कालो बजारीकै रूप भएको ठहर गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको यस प्रकारको कालोबजारीलाई पनि कडाइका साथ अनुगमन गर्दै ब्याजदर आधारदरमा गणना गर्नुपर्ने जोडदार माग गर्दै सङ्गठनका अध्यक्ष भीम घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाविरुद्धको लडाइँ जारी रहेको र कहिलेसम्म यो लम्बिने हो निश्चित नभएको अवस्थामा उद्योग व्यवसाय क्षेत्रमा परेको दूरगामी प्रभावबाट यस क्षेत्रलाई पुनःउद्धार गर्न तथा उपयुक्त आर्थिक प्याकेजसहितको न्यायोचित सम्बोधनका लागि सरकारसँग माग गरिएको छ । रासस

सम्बन्धित समाचार

एनआरएनएको महाधिवेशन स्थगित

काठमाडौँ, २५ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए, १७९ डिस्चार्ज

विराटनगर, १८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा एक र प्रदेश बाहिरका ४ काजना रहेको सामाजिक विकास...

भारतमा सक्रिय संक्रमितको सङ्ख्या तीव्र रूपले घट्दै, २४ घण्टामा १०५९ जनाकाे मृत्यु

एजेन्सी, २२ माघ । भारतमा कोरोना भाइरसबाट थप १ लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ४ करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ ।...

नेकपाले चियापन कार्यक्रम नगर्ने

काठमाडौं, ११ कात्तिक-सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैँ, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।  नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय...

पाल्पाको खुर्सानेमा दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे...

कोशी अस्पताल अगाडिको सटरमा डोजर, भाडा बापतको ८४ लाख बढी बक्यौता उठाउन बाँकी

विराटनगर – विराटनगरस्थित कोशी अस्पताल परिसर भित्र रहेको ७ वटा होटल डोजर लगाएर खाली गराएको छ । बिहीबार वर्षौदेखि भाडा नतिरी बस्दै आएका ७ वटा सटर हस्पिटलले विराटनगर महानगरपालिकाको डोजर लगाएर खाली गराएको हो ।...

कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १ सय ५९ मध्ये १ सय १३ को नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को...

मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

काठमाडौं, ६ असोज-केही दिनअघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्