कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

 न्यूज विराट
कोभिड–१९ : प्रदेश २ मा १ सय ५९ को परीक्षण, ४६ जनाको रिपोर्ट आउँदै

प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १ सय ५९ मध्ये १ सय १३ को नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी रहेको जानकारी दिए ।

प्रदेश नं २ मा भारत र अन्य मुलुकबाट घर फर्केकालाई लक्षित गरी आठवटै जिल्लामा क्वारेन्टाइन सञ्चालन गरिएका छन् ।अहिलेसम्म १४५ केन्द्रमा सञ्चालित क्वारेन्टाइनमा बेड (श्यया) ३ हजार २३६ रहेका सचिव घिमिरेले स्पष्ट पारे । प्रादेशिक अस्पताल जनकपुरधाममा स्वाब परीक्षण थालिएपछि क्रमशः जाँच गर्नेको सङ्ख्या बढ्दै जाने मन्त्रालयले जनाएको छ ।

प्रदेशभित्र सञ्चालित सबै क्वारेन्टाइन केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण र स्वास्थ्य सुरक्षा प्रबन्ध बढाउँदै लगिएको सचिव घिमिरेको भनाइ छ ।भारतको बिहार प्रदेशसँग सीमा जोडिएका प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती क्षेत्रमा मुलुक भित्रिनेको कडा निगरानी हुँदै आएको मन्त्रालयले जनाएको छ ।

यसरी भित्रिएकाहरु प्रारम्भिक स्वास्थ्य जाँचपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका र सम्पर्कमा नआएकाहरुको सोधखोज गरिने क्रम सघन बनाइएको जनाइएको छ । रासस

सम्बन्धित समाचार

सिद्धबाबालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

विराटनगर, पुस २५–बलात्कार अभियोग लागेका कृष्णदास गिरी (सिद्धबाबा) साधारण तारेखमा रिहा हुन पाऊँ भन्दै उच्च अदालत विराटनगर पुगेका छन् । बलात्कार अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत मोरङले गत १४ पुसमा ३ लाख रुपैयाँ धरौटीमा रिहा...

क्वारेन्टानमा खान नपाउँदा गाउँपालिका घेराउ

दैलेख, १९ जेठ-२ दिनदेखि खानपिउन नपाएको जनाउँदै दैलेखको भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टानमा बस्नेहरूले आइतबार साँझ गाउँपालिका घेरेका छन् । भारतबाट आएका करीब १०० जना जिल्लावासी सो क्वारेन्टिनमा १ हप्तादेखि बस्दै आएका छन् । क्वारेन्टानमा रहेका...

मोरङको ६ ठाउँमा यात्रु साहयता कक्ष सञ्चालन

विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार बिहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरी...

प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...

विराटनगर उच्च अदालत अगाडी इटा उद्योगीमाथि खुकुरी प्रहारमा संलग्न दुई जना पक्राउ

विराटनगर, ११ असोज । आइतबार दिउँसो विराटनगरस्थित उच्च अदालत अगाडी इटा उद्योगीमापथ खुकुरी प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका वडा नं.–९ बस्ने बर्ष ३० वर्षीय कलाम...

पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने आयल निगमको संकेत

काठमाडौँ, ३० कात्तिक । नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले...

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स

कोरोना संक्रमित आशंकामा संकलन गरिएका नमुना लिन पुगेको नेपाल एयरलाइन्सको विमान नेपालगन्जको राँझा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरणका क्रममा विमान रनवेमा चिप्लिएको छ । रनवेमा चिप्लिए पनि ठूलो क्षति नभएको नागरिक उड्यन...

पछिल्लो २४ घण्टामा मोरङमा १९५ सहित प्रदेश १ मा ४८१ संक्रमित थपिए

विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्