काठमाडौं, २ बैशाख-सरकारले १५ बैशाखसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार (आज) प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाएर १५ बैशाखसम्म पुर्याएको हो ।
सरकारले पहिलो पटक चैत्र ११ गते देखि १८ गतेसम्म लकडाउनको घोषणा गरेको थियो । त्सपछि पनि १ साता थपरे २६ चैत तेस्रो पटक थपरे ३ बैशाख पुर्याएकोमा पुन १ साता थिएको छ ।
मंगलबारसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या १४ पुगेको छ । पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित फेला नपरेकामा आइतबार एकैदिन ३ जना र सोमबार दुई जना र मंगलबार २ नयाँ सङ्क्रमित थपिएका थिए । संक्रमित बढ्न थालेपछि सरकारले लकडाउनको अवधि पनि बढाउदै लगेको छ । यसअघस मंगलबार नै छिमेकी देश भारतले ३ मे सम्मको लागि लकडाउनको अवधि थप्ने निर्णय लिएको छ ।