एजेन्सी, चैत २७-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ६ हजार आसपास पुगेको छ ।वर्ल्डमीटर इन्फोका अनुसार बिहीबार बिहानसम्म भारतमा कोरोनाबाट ५ हजार ९ सय संक्रमित हुँदा १७८ जनाले ज्यान गुमाइसकेका छन् ।
बुधबार मात्र भारतमा ५६५ नयाँ संक्रमित थपिँदा १८ जनाले ज्यान गुमाएका छन् ।आज बिहानसम्म त्यहाँ ५ हजार बढीको उपचार जारी रहँदा ५ सय संक्रमित उपचारपछि घर फर्किएका छन् ।
भारतमा यो समाचार तयार पार्दासम्म १ लाख ७६ हजार व्यक्तिले कोराेनाको परीक्षण गरेका छन् ।गत डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट विश्वका २०९ देश प्रभावित भइसकेका छन् ।
बिहीबार बिहानसम्म १५ लाख १७ हजार व्यक्ति संक्रमित हुँदा ८८ हजार ४ सयले ज्यान गुमाइसकेका छन् । ३ लाख ३० हजार संक्रमित भने उपचारपछि घर फर्किएका छन् ।