
माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र नष्ट गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र नष्ट गर्ने निर्णय गरेको हो । गत ६ चैतका लागि तोकिएको परीक्षा कोभिडका कारण स्थगित गरिएको थियो । बोर्डका सदस्य-सचिव दुर्गा अर्यालले प्रश्नपत्र नष्ट गर्ने निर्णय भएको जानकारी दिए ।
बोर्डले प्रश्नपत्र नष्ट गर्न जिल्ला जिल्लामा पत्राचार गरेको छ । विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो ।