नेपालका एक स्थानीयमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएपछि नेपाल कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले सरकारलाई सचेत हुन आग्रह गरेका छन् । उनले कोरोना भाइरसको नमुना परीक्षणको दायरा फराकिलो बनाउन, परीक्षणको गति र संख्या पनि बढाउन सरकारलाई आग्रह गरेका हुन् ।
‘हामीले निरन्तर भनिरह्यौँ; ‘संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ’ सामाजिक संजाल ट्विटरमार्फत उनले भने ‘आज ! जना स्थानीयमा संक्रमण भेटिएको छ । सरकार! अब त चेतौँ । परीक्षणको दायरा फराकिलो बनाऔँ, परीक्षणको गति र संख्या बढाऔँ ।’
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन नेपालीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेपछि पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाको यस्तो टिप्पणी आएको हो । सरकारले कन्ट्याक ट्राकिङलाई तीव्र गतिमा बढाइरहेका बताएका बेला नेपालमा स्थानीय एक महिलामा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको हो ।
संक्रमित महिला दुबईबाट आएका धनगढीका कोरोना संक्रमितकी भाउजू हुन् भने अन्य दुई जना भारतका विभिन्न ठाउँबाट आएका व्यक्ति हुन् । उनीहरूको सेती प्रदेशिक अस्पतालको आईसोलेसनमा राखेर उपचार भइरहेको छ । योसहित नेपालमा नेपालमा संक्रमितको संख्या ९ पगेकोमा ंएकजना संक्रमणमुक्त भइरसका छन् भने अन्यको उपचार भइरहेको छ ।