सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छः मन्त्री राई

 न्यूज विराट
सरकार जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध छः मन्त्री राई

विराटनगर । सङ्घीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सरकार सम्पूर्ण नेपाली जनतालाई शुद्ध, गुणस्तरीय एवं स्वच्छ खानेपानी उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनु भएको छ।
जापान सरकारको दुई अर्व २९ करोड १० लाख जापानी यानको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्वारा निर्माण हुने विराटनगर खानेपानी सुधार आयोजनाको आज शिलन्यास गर्दै उहाँले अहिले पनि पिठ्यु तथा ढोकामा पानीको ग्रागो बोकी खानेपानी ल्याउने समस्याको सम्बन्धित स्थानमा अन्त्य गर्नका लागि मन्त्रालयले कार्य अगाडि वढाइरहेको जानकारी दिनु भयो ।
मन्त्री राईले सरकारले ल्याएको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा ’ नीतिलाई सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय पालिकाले तीव्र रुपमा कार्य शुरु गरेको बताउनु भयो ।
मन्त्री राईले आयोजनाले नगरवासीले गुणस्तरीय खानेपानी प्राप्त गर्ने भएकोले यसलाई समयमा सम्पन्न सबैले आफ्नो ठाउँबाट सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउनका लागि सहयोग उपलव्ध गराएको धन्यवाद समेत दिनु भयो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउन सम्बेदनशील रहेको बताउनु भयो ।
कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले जापान सरकारलाई ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ खानेपानी उपलव्ध गराउनका लागि सहयोगको आग्रह गर्नु भयो । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले आयोजनाबाट नगरवासीले स्वच्छ खानेपानी पिउन पाउँदा हर्षित हुने धारणा राख्नु भयो ।
जापानिज राजदूतावासका ताकाहिरोतामुरा र जाईका नेपाल कार्यालयका चिफ रिप्रेजेन्टीज अकिमिक्सु ओकुबोले नेपाली जनतालाई स्वच्छ, गुणस्तरीय खानेपानी उपलव्ध गराउनको लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त्त गर्दै आगामी दिन थप क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भएको छ ।
नेपाल खानेपानी संस्थान संचालक समितिका अध्यक्ष गुणाखर भुषाल,संस्थानका निमित्त महाप्रवन्धक त्रिदिपकुमार श्रेष्ठ र विराटनगर –१ का वडा अध्यक्ष काजीबहादुर बस्नेतले आयोजनाबाट नगरवासीको स्वच्छ खानेपानी पिउने लामो समयदेखिको सपना सकार हुने विश्वास व्यक्त्त गर्नु भयो ।
आगामी सन् २०२६ मे ३१ मा सम्पन्न हुने उक्त्त आयोजनावाट एक लाख नगवासीले गुणस्तरीय एवं स्वच्छ खानेपानी प्राप्त गर्ने छन् ।
जापानको सिमिजु कर्पोरेशनले निर्माण गर्ने उक्त्त आयोजनाले दैनिक दुई करोड लिटर पानी उपलव्ध हुनका साथै नगरका वडा नं १ देखि १६ सम्मका जनताले खानेपानी उपलव्ध हुने सस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिनु भयो ।
आयोजनाको निर्माणको अवधिमा स्थानीय दुई सयजनाले रोजगारी प्राप्त गर्नेछन् ।(फोटो उपलव्ध छ)–––

सम्बन्धित समाचार

राजीनामा फिर्ता लिन भीम रावलमाथि चर्काे दवाव

काठमाडौं, साउन ६ । एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन गृह प्रदेशका सांसदले चर्काे दबाब दिएका छन। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्य काठमाडौं नै आएर रावललाई राजीनामा फिर्ता...

रतुवामाईमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिनै तस्करीमा संलग्न

विराटनगर, फागुन १९–रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १६ असार-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...

प्रदेश १ मा कोरोनाको दैनिक नयाँ रेकर्ड, आज १२९८ संक्रमित थपिए

विाटनगर, ५ जेठ । प्रदेश १ मा आज १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा...

कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका छन्। कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रलाई बुधबार विराटनगरमा सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।...

मदिरा पिएर आफ्नै घरमा आगजनी

पोखरामा १ व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । महानगरपालिका छोरेपाटन-१७ का जनकराज पौडेलले मादक पदार्थ सेवन गरी सोमबार १० बजे आफ्नै घरमा आगो लगाएका हुन् । आगलागीबाट घरमा रहेका लत्ताकपडा, फर्निचर, भाडाँकुडा, धनमाल सबै...

भोलिबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं, २५ वैशाख-शुक्रबारबाट सुरू हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना भाइरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सबै मापदण्ड पालना गरेर बैठक सञ्चालनका सबै तयारी पूरा भएको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २ सय बढी कागतीका विरुवा रोपेको छ । क्लबले इक्राही स्थित एक फर्म हाउसमा २ सय वटा भन्दा बढी कागतीका विरुवा रोपेको हो । सेभ द इन्भाइरोमेन्ट, इकोनोमिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्