सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

 न्यूज विराट
सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

कोरोना भाइरसका कारण संसार आक्रान्त भए पनि मानिसहरूको ध्यान हजारौँको सामूहिक बसोबास भएका शरणार्थी शिविरतिर गएको छैन । जहाँ कोरोना भाइरस फैलिएमा विनाशकारी बन्नेछ ।

बंगलादेशदेखि सिरियासम्म, एसियादेखि अफ्रिकासम्मका शरणार्थी शिविरमा बस्नेहरूले आधारभूत सुविधासमेत नपाइरहेको अवस्थामा कोरोन फैलिन अनुकूल हुन सक्ने विज्ञले चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघको अनुमानअनुसार संसारमा करिब ६६ लाख शरणार्थी शिविरमा बस्दै आएका छन् । असंगठित शरणार्थीको संख्या पनि ठूलो छ । राष्ट्रसंघका अनुसार विश्वमा हरेक २ सेकेन्डमा १ व्यक्ति विस्थापित हुनेगर्छ । यही जनसंख्या कुनै पनि महामारीमा सजिलै निशानामा पर्न सक्छ ।

सिरियामा पछिल्लो १ दशकदेखि चलिरहेको युद्धका कारण सिरियाको इदलिबमा टर्कीको सीमावती क्षेत्रमा १० लाख मानिस विस्थापित भएर शरणार्थी शिविरमा बसिरहेका छन् । कोरोनाविरूद्ध लगातार हात धुनेदेखि सामाजिक दूरीलाई प्रभावी कदम मानिएको छ । तर, शरणार्थी शिविरमा यी दुवै कुरा प्रायः असम्भव छ ।

शरणार्थी शिविरमा बस्नेहरू पिउने पानीका लागि समेत कठिनाइको सामना गरिरहेकाले लगातार हात धुने कुरा सम्भव हुँदैन । यहाँका मानिसलाई आइसोलेसनमा राख्नलाई अर्को छुट्टै ‘युद्ध’ छेड्नुपर्ने अवस्था छ । कम स्थानमा रहने लाखौँ मानिसलाई कसरी दूरी कायम गराउने ?

सबैभन्दा खुसीको कुरा भनेकै अहिलेसम्म शरणार्थी शिविरमा कोरोना भाइरस संक्रमण भएको पाइएको छैन । यद्यपि समयमा नै स्वास्थ्य सामग्री पुर्‍याउन र सतर्कता अपनाउन सकिएन भने १ लाखभन्दा बढीको मृत्यु हुन सक्ने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् ।

सिरियाका यी क्षेत्रमा कोभिड–१९ नामको अदृश्य ‘शत्रु’ विरूद्ध नयाँ युद्धको तयारी चलिरहेको छ । भग्नावशेषबाट मानिसलाई उद्धार गर्ने विज्ञहरू अब संक्रमणको खतरा अन्त्य गर्ने युद्धका लागि तयार भइरहेका छन् । इदलिबको या शिविरमा कोरोना फैलिएमा अवस्था भयावह बन्न सक्छ ।

यो क्याम्पमा आफ्ना २ बच्चासँगै बस्दै आएकी उम बिलाल भन्छिन्, ‘म र मजस्ता धेरै विस्थापितलाई कोरोना भाइरसले सजिलै शिकार बनाउन सक्छ ।’

उनी भन्छिन्, ‘संक्रमण फैलिएको विषयमा हामीले जे सुनेका छौँ, त्यसबाट क्याम्प प्रभावित हुने चिन्ता छ । हामी अल्लाहसँग प्रार्थना गर्छौं कि हामीलाई यसबाट टाढा राख । हामीलाई कोरोना फैलिने डर छ । किनकि यहाँका मानिसको संख्या धेरै भएकाले सावधानी रहन कठिन छ । हामी आफ्नो टेन्ट सफा राख्न सके पनि बाहिर सफा राख्न सकिँदैन ।’

गत बुधबार इदलिबमा कोरोना परीक्षण किट पुगेको छ । खुसीको कुरा के छ भने अहिलेसम्म गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

इदलिबका डाक्टर तथा मेडिकल कोअर्डिनेटर मोहम्मद तेनारी भन्छन्, ‘यहाँ मानिसहरूलाई आइसोलेसनमा राख्न अत्यन्तै कठिन छ । केही मानिस अझै पनि स्कुल र मस्जिदमा बसिरहेका छन् । यदि कसैलाई कोरोना भएमा भाइरस तीव्र रूपमा फैलिनेछ ।’

यतिबेला इदलिबमा युद्धविराम छ । यदि भाइरसले हमला गर्‍यो भने विनाशकारी हुन सक्छ ।

बंगलादेशको कक्स बजारमा बस्ने रोहिंग्या शरणार्थी चेकुफा आफ्ना श्रीमान्, दुई छोरी र बहिनीसँग एउटा सानो टेन्टमा बस्दै आएकी छन् । उनी भन्छिन्, ‘१० परिवारका लागि एक शौचालय र एउटा बाथरूम रहेको छ । जबकि एक ट्युबेलमा ५० परिवार आश्रित छ । यहाँ भाइरस फैलियो भने हामी कसरी बाँच्छौँ ?’

म्यानमारमा भएको तनावका कारण ७ लाख रोहिंग्या मुस्लिम छिमेकी मुलुक बंगलादेशमा शरण लिन आइपुगेका छन् । कोरोना भाइरस फैलिने चिन्ताबीच कसरी यसलाई रोक्ने भन्नेबारेमा अनेक कोसिस भइरहेका छन् ।

सोहीअनुसार बजार बन्द गरिएको छ । मदरसा खोल्न प्रतिबन्ध गरिएको छ । गैरसरकारी संस्थाका मानिसहरू हात धुने तरिका सिकारइरहेका छन्, मास्क वितरण गरिरहेका छन् ।

बंगलादेश संसारको घना बस्ती भएको देशमध्ये एक हो । रोहिंग्या शरणार्थीलाई लिएर बंगलादेश पहिलेदेखि नै चिन्तित रहँदै आएको छ । अब महामारीको डर पनि थपिएको छ ।

बंगलादेशमा अहिलेसम्म कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बंगलादेशका क्याम्पमा कोभिड–१९ का कुनै शंंकास्पद रोगी नभेटिएको बताएको छ । एजेन्सीले ४ सय बिरामीका लागि आइसोलेसन तयार गरेको छ र १ हजार अतिरिक्त बेडका लागि स्थान बनाएको छ ।

यसका साथै बोस्निया, लेबनान र अफ्रिकामा ठूलो संख्यामा शरणार्थी रहेका छन् । कुनै स्थानमा केही राम्रो अवस्था छ भने केही स्थानको अवस्था दयनीय छ । यस्ता क्याम्पमा कोरोना फैलिएमा रोक्न कठिन हुनेछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संयुक्त राष्ट्रसंघीय निकाय र केही देशका सरकारसँग मिलेर यस्ता मानिसको सहयोगका लागि काम गरिरहेको बताएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयमा पब्लिक हेन्थ रिसर्चर एडम काउट्सले भने, ‘यदि हामी अमेरिका र युरोपमा कोरोना मुद्दा यति ठूलो भइरहेको छ । तर, शरणार्थी क्याम्पका बारेमा सोचिरहेका छैनौंँ । मानिसहरूले आफ्ना बच्चालाई नुहाउन त सकिरहेका छैनन्, हात धुनुको कुरा छोडौँ ।’

सम्बन्धित समाचार

संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न एमालेले हतार नगर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न हतार नगर्ने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकपछि शिलापत्रसँग कुराकानी गर्दै सांसद शेरबहादुर तामाङले संवैधानिक इजलासका चार न्यायाधीशविरुद्ध संसद सचिवालयमा...

एसईईको मूल्याङ्कन कार्यविधि अन्तिम चरणमा

काठमाडौं, ८ असार-एसईईको मूल्याङ्कन कसरी गर्ने भन्ने कार्यविधि बनाउन गठित समितिले प्रतिवेदन तयार पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारेको हो । समितिले प्रतिवेदन आज नै...

हुस्सु बढेपछि दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै मोरङ ट्राफिक

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको...

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १२ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बस्ने बैठकले मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । स्थायी...

शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...

सडकको विषयलाई लिएर उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट 

विराटनगर, २९ जेठ-विराटनगरमा निर्माणाधिन सडकको सिमाना टुंगो लगाउने विषयमा विवाद हुँदा सडक उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट भएको छ । विराटनगर-११ पंचमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण...

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

एजेन्सी, चैत २९-कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको...

लुम्बिनी : माओवादी केन्द्र रोजेकी प्रदेश सांसद बिमला ओलीलाई एमालेले सोध्यो स्पष्टीकरण

दाङ क्षेत्र नं. ३ (क) मा भएको उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले तीन दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्