कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

 न्यूज विराट
कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम उत्साहजनक

एजेन्सी, चैत २९-कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक भएको छ ।

अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोरोना संक्रमित बिरामीमा औषधिको परीक्षण गरिएको थियो । सो परीक्षणको परिणाम सकारात्मक आएको बताइएको छ ।

उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधी दिइएको थियो । जसमध्ये दुई तिहाईलाई फाइदा पुगेको बताइएको छ ।

परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधी दिइएपछि उनीहरूको अवस्थामा सुधार आएको थियो भने श्वास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो ।

अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भएको प्रतिक्रिया दिएका छन् । तर उनीहरूले थप अध्ययन र तथ्यांक उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताए ।

रेम्डेसिभिर औषधिको बृहत्तर परीक्षणको परिणाम आउन केही साता लाग्नेछ । यसअघि रेम्डेसिभिर औषधीको अर्को परीक्षण इंग्ल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए ।सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो ।

गिलियडले बेलायतमा कोरोनाका सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो । त्यसको नेतृत्व संक्रामक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन् ।

सम्बन्धित समाचार

नावुनको वार्षिक उत्सवमा विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर, ४२ जनाको परीक्षण

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औँ वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटीले विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रम निःशुल्क...

चिनियाँ राजदूत घरभित्र मृत फेला

एजेन्सी, जेठ ४-इजरायलमा चीनका राजदूत मृत फेला परेका छन् । बीबीसीका अनुसार इजरायलका लागि चिनियाँ राजदूत ५८ वर्षीय डु वेई तेलअभिवस्थित घरभित्र ओछ्यानमा मृत फेला परेका हुन् । इजरायली अधिकारीले राजदूतकाे मृत्यु भने पुष्टि गरिसकेका छन् । उनकाे मृत्युकाे कारण...

उद्योग संगठन मोरङको नवनिर्वाचि कार्यसमितिको पदस्थपान

विराटनगर । उद्योग सङ्गठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो । सो क्रममा निर्वाचन समितिका संयोजक सूर्य...

आफैले बोकेको पेस्तोलले गोली हानी हवल्दारद्वारा आत्महत्या

सुनसरी, १६ असार-सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले सोमबार आत्महत्या...

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

पर्यटन प्रवद्र्धनका लागि विराटनगरबाट मोटर र्याली निकालिने

विराटनगर, ६ चैत । प्रदेश १ को आन्तरिक पर्यटन प्रवर्धनका लागि आठ सय किलोमिटरको मोटर ¥याली निकालिने भएको छ। नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट सुरु हुने मोटर¥याली चैत १४...

इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए नागरिक

तेहरान, पुस २७–इरानी सेनाको मिसाइलबाट युक्रेनी विमान दुर्घटना भएको स्वीकार गरेसँगै इरानमा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । रानीका नागरिकले पहिला आफ्नो हात नभएको भन्दै दाबीप्रति असुन्तुष्टि जनाएका छन् । विमान दुर्घटनामा इरानी सेनाको हात...

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द

बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्