विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डा. पार्थ गुरागाईंले सहजिकरण गरेका थिए । सो अवसरमा १५० विद्यार्थीलाई हाइजिन किट प्रदान गरियो भने २० जना विद्यार्थीको कपाल समेत काटिएको थियो ।
कार्यक्रम सफल बनाउन पास्ट प्रेसिडेन्ट रचना राठी, इमिडेट पास्ट प्रेसिडेन्ड रेखा राठी, पास्ट प्रेसिडेन्ट अनिता सोनी, रोटरीयनसरिता गोल्छा, सन्तोष राठीलगायतले सहयोग पुर्याएका थिए । कार्यक्रममा शिव आधारभुत विद्यालय बेलगाछीका शिक्षक, विद्यार्थी अभिभावकलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा रोट्र्याक क्लक अफ नोबेल मेडिकल कलेजको पनि सहयाभगीता थियो । सो अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् ।
काठमाडौं, १७ साउन-नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य वृद्धि भएकाले पेट्रोल, डिजेल र मटितेलको मूल्य समायोजन गरेको निगमले...
काठमाडौं । नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् । ओमानमा हुने टि–२०...
विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ मा महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ । कटहरी गाउँपालिका र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शुक्रबार उक्त तालिम भएको हो । तालिमको उदघाटन कटहरी गाउँपालिका अध्यक्ष...
सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर...
बीरगञ्ज, बैशाख ३०-नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको...
सिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । सिरहामा ४८ हजार ९ सय ९८ जनालाई खोप लगाइने लक्ष्य लिइएकोमा ४० हजार २ सय ८३ जनाले पहिलो डोज लगाएका हुन् । सिरहामा कोरोना...
नेपाल प्रेस युनियन काठमाडौं शााखाले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच सूचना प्रवाहमा निरन्तर खटिएका पत्रकारको रोजगार नै संकटमा परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जर्नाको छ । युनियनका अध्यक्ष जगन्नाथ दुलालले एक विज्ञप्ति जारी गर्दै संकटको अवस्थामा...
एजेन्सी, ११ कात्तिक-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता भएको वैज्ञानिकहरुको भनाई छ । यसअघि चन्द्रमाको...