विराटनगर, फागुन ३०–कोरोनाका विषयमा सतर्कता अपनाउन विराटनगर विमानस्थलमा राखिएको हेल्थ डेक्समा हालसम्म साढे ३ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
विमानबाट विराटनगर आउने यात्रुहरूलाई परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हेल्थ डेक्समा हालसम्म ३ हजार ६ सय ४८ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । प्रदेश सरकारको सहयोगमा विराटनगर महानगरपालिकाले हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको छ ।
हेल्थ डेक्समा हालसम्म कोही पनि शंकास्पद व्यक्ति फेला नपरेको सामाजिक विकास मन्त्रालयका कोरोना भाइस इन्चार्ज एपोलो भगतले जानकारी दिए । प्रदेश १ मा कोरोना भाइरस भित्रन नदिन सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न नाकाहरू र विमानस्थलमा हेल्थ डेक्स स्थापना गरेको छ।
प्रदेश सरकारले स्थानीय सरकारसँगको सहयोगमा विराटनर र भद्रपुर विमानस्थल, विराटनगर, सुनसरीको भाण्टाबारी, झापाको भद्पुर, काँकडभिट्टा, झापा गाउँपालिकास्थित नाका र इलामको पशुपतिनगर नाकामा हेल्थ डेक्स राखेको भगतले जानकारी दिए ।