फिल्म ‘चपली हाइट ३’ को गीत सार्वजनिक

 न्यूज विराट
फिल्म ‘चपली हाइट ३’ को गीत सार्वजनिक

काठमाडौं, माघ २०–स्वस्तिमा खड्का र सुपुष्पा भट्टको नृत्य रहेको फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत ‘चार आनाको मसला’ सार्वजनिक गरिएको छ। सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो। डिपी खनालको शब्द रहेको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। यो गीतको संगीतकार भने सुवास भुसाल रहेका छन्।

प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ। भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बोल्ड अवतारमा नाच्दै गरेको देख्न सकिन्छ। निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ। अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका यो फिल्म चैत्र २८ गते रिलिज हुँदैछ।

सम्बन्धित समाचार

सप्तरीमा चट्याङ लागेर ४ जनाको मृत्यु

सप्तरी, ११ असार-चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै परेको चट्याङ लागेर छुट्टाछुट्टै ठाउँमा ४ जनाको मृत्यु भएको हो । जिल्लाको महदेवा गाउँपालिकामा २, राजगढ गाउँपालिकामा १ र डाक्नेश्वरी नगरपालिकामा...

विराटनगर महानगरकाे मतगणना बिहान ८ बजेबाट हुने

विराटनगरः स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आज (शनिबार) बाट मतगणना शुरु हुँदैछ । चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाट शुरु हुँदैछ । शुक्रबार रातिबाट नै...

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान...

रतुवामाईमा दिपावली तथा छठ पर्वको अवसरमा १४ औँ बृहत लोक सांस्कृतिक कार्यक्रम

विराटनगर। मोरङको रतुवामाईमा हिन्दु धर्मावलम्बीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा यस वर्ष पनि बृहत लोक सांस्कृतीक कार्यक्रम हुने भएको भएको छ । स्थानीय सिद्धार्थ युवा क्लबको अयोजनामा यस वर्ष पनि भाइटिकाको भोलिपल्ट...

मोरङका पाँच पत्रकार पुरस्कृत

विराटनगर, १७ पुस-नेपाल पत्रकार महासंघ मोरङ शाखाको १३ औँ साधारण सभामा आज यहाँ पांच जना सञ्चारकर्मीहरु पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत एवं सम्मानित हुनेहरुमा खिलेश्वरी पत्रकारिता पुरस्कारबाट कमल पौडेल, नगर विकास पत्रकारिता पुरस्कारबाट...

उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन, विपदमा परी मृत्यु भए २ लाख राहत

काठमाडौं, ७ साउन-सरकारले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गरेको छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड-२०६४ लाई संशोधन गरी विपद् पीडित उद्धार र राहतसबन्धी मापदण्ड २०७७ स्वीकृत...

त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत

काठमाडौं, ५ वैशाख-कीर्तिपुर नगरपालिकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ ।नगरपालिकाले शुक्रबार साे विश्वविद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका...

राष्ट्रसंघका अधिकारी कारमै यौन सम्बन्धमा मस्त, भिडियो बन्यो भाइरल

एजेन्सी, असार १३-इजरायलमा तैनाथ रहेका संयुक्त राष्ट्रसंघका एक अधिकारीले कारमा नै यौन सम्बन्धराखेको भिडियो भाइरल बनेको छ । यो भिडियो बाहिर आएपछि संयुक्त राष्ट्रसंघले ती अधिकारीमाथि कडा कारबाही गर्ने विश्वास दिलाइको छ । साथै राष्ट्रसंघले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्