दिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चल्यो

 न्यूज विराट
दिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चल्यो

एजेन्स, माघ २०–भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको छ । बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन थाल्यो र हामीलाई थाहा भयो कि गेट नम्बर पाँचतिर गोली चलेको छ ।’ सोस्थानमा कम्तिमा दुई राउण्ड गोली प्रहार भएको उनले बताएका छन् । गएराति करिब १२ बजेतिर सो घटना भएको हो ।

जामिया समन्वय समितिका अल अमीन कबीरका अनुसार गेट नम्बर पाँच र सातको बिचमा दुई जना अज्ञात व्यक्तिले गोली चलाएका हुन् । रातो स्कुटरमा आएका उनीहरु गोली चलाएका थिए । सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक दिनअघि जामिया प्रशासनले सूचना जारी गरेर विश्वविद्यालय भित्र कुनै पनि प्रकारको प्रदर्शन नगर्न विद्यार्थीलाई सचेत गराएको थियो । घटनामा कोही घाइते भएको भने खबर आएको छैन ।

सम्बन्धित समाचार

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं, मंसिर ३०-सरकारले संवैधानिक नियुक्तिलाई सहज बनाउन संवैधानिक परिषदसम्बधी अध्यादेश ल्याएको छ । दुई पटक बोलाउँदा पनि सभामुख उपस्थित नभएपछि आज बसको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश,...

भारतमा थपिए २ लाख ७१ हजार संक्रमित, एकैदिन ३१४ जना बिते

एजेन्सी, २ माघ । भारतमा बितेको २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४...

लिदी पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक, साउन ३०-सिन्धुपाल्चोककाे जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । बेपत्ता हुने सबैकाे पहिचान खुलेकाे छ । पहिरोमा परी अहिलेसम्म २ जनाको शव भेटिएको छ । पहिराले ३५...

स्वर्गीय डीएसपीद्वय केसी र खरेललाई वीरता पदक

काठमाडौं, ३ असोज । संविधान दिवसका दिन सरकारले कोभिड–१९ का कारण ज्यान गुमाएका डीएसपीद्वय राजकुमार केसी र समीरचन्द्र खरेललाई वीरता पदक दिने घोषणा गरिएको छ । केसी र खरेलले गत जेठमा कोरोना संक्रमणका कारण नेपाल प्रहरी अस्पतालमा...

आज एकै दिन १ सय २ जनाले जिते काेराेना, निकाे हुनेकाे संख्या ४ सय ६७

काठमाडाैं, २५ जेठ-नेपालमा आज एकै दिन १ सय २ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४ सय ६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको...

नोबेल मेडिकल कलेजको आन्दोलन स्थगित गर्न प्रशासनको आग्रह, विद्यार्थी संगठनहरुको अडान कायमै

विराटनगर, १० माघ । विराटनगरस्थित नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आन्दोलनका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिदिन प्रशासनले आग्रह गरेको हो...

काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्