राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

 न्यूज विराट
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं, मंसिर ३०-सरकारले संवैधानिक नियुक्तिलाई सहज बनाउन संवैधानिक परिषदसम्बधी अध्यादेश ल्याएको छ । दुई पटक बोलाउँदा पनि सभामुख उपस्थित नभएपछि आज बसको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै अध्यादेश जारी गरेकी हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण दोस्रो नम्बरका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्देशनमा सभामुख अग्नी सापकोटा बैठकमा अनुपस्थित भएपछि सरकारले अध्यादेश ल्याएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अध्यादेश आएकाले आजै पाँच बजे बस्ने परिषद्को बैठकले विभिन्न आयोगमा रित्त रहेका ४५ पदमा नियुक्ति गर्ने सम्भावना बलियो बनेको छ ।

सम्बन्धित समाचार

रुसमा संक्रमितको संख्या करिब साढे ४ लाख, विश्वमा ६७ लाख १४ हजार

मस्को, जेठ २३–रुसमा कोरोना संक्रमितको संख्या करिब साढे ४ लाख पुगेको छ । शुक्रबार दिउँसो सम्ममा रुसमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुसमा...

राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना हुँदै

काठमाडौं, फागुन ११–नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसको अवसरमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गर्ने भएको छ । वैशाख २ गतेबाट सुरु हुने प्रदर्शनी तीन हप्तासम्म चल्ने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जानकारी दिए । आइतबार पत्रकार...

आज काठमाडौंका ४८ जनासहित उपत्यकाका ५३ जनामा कोरोना पुष्टि

काठमाडौं, १३ साउन-अघिल्ला दिनमा भन्दा आज उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मंगलबार उपत्यकाका ३ जिल्लामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई छाता वितरण

विराटनगर, २६ साउन। शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई छाता वितरण गरेको छ । गर्मी र वर्षाका कारण विद्यालय जानबाट वञ्चित विद्यार्थीहरुलाई क्लबले छाता वितरण गरेको...

सुनवर्षीको मेयरमा निर्वाचित भए हरेक टोलमा सुभाव पेटीका राखेर काम गर्नेछुः सदानन्द यादव

विराटनगर, २६ वैशाख ।सुनवर्षी नगरपालिकाका लागि सदानन्द यादव कुनै नौलो मान होइन । उनी आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । युवा अवस्थादेखि नै राजनीतिमा सकृय रहेका...

तेस्रो संक्रमित कतारबाट आएर होटलमा बसेका थिए : मन्त्री ढकाल

आज कोरोना भाइरस संक्रमित भेटिएका व्यक्ति कतारबाट नेपाल आएको पाइएको छ। उनले कतारबाट नेपाल आएर काठमाडौंको एक होटलमा बसेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए । उनी धादिङ निवास ३२ वर्षीय पुरुष रहेको पनि उनले बताए...

गण्डकी प्रदेशका सांसद थापाको चौतर्फी विरोध, प्रदेश १ का दलित अगुवाद्धारा कारबाहीको माग

विराटनगर, बैशाख २६–सांसद पदमा रहेको व्यक्तिलेनै सिंगो दलित समुदायलाई अपमानित गरेपछी चौतर्फी आलोचना सुरु भएको छ । गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाबाटै दलित समुदायमाथि अपमान भएपछि देशभर उनको तिब्र आलोचना सुरुभएको...

दाजु भाई मिलेर बाबुको हत्या गरि घरमै खाडल खनेर पुरेको खुलासा

विराटनगर, जेठ ८–विराटनगरमा दुईभाइ छोरा मिलेर आफ्नै बृद्ध बाबुलाई अमानविय ढंगले हत्या गरेका छन् । हत्यापछि उनीहरुले शवलाई घरकै कोठामा खाडल खनेर पुरिदिएका थिए । विराटनगर–१४ झटियाहीका २९ वर्षीय रोहित र २६ वषर््ीाय नागेन्द्र चौहानले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्