जुत्ता चप्पल व्यापार मेला : २० दिनमै डेढ करोडको कारोबार, अब पुस २९ गते सम्म मात्र

 न्यूज विराट
जुत्ता चप्पल व्यापार मेला : २० दिनमै डेढ करोडको कारोबार, अब पुस २९ गते सम्म मात्र

विराटनगर, पुस २१–विराटनगरमा जारी १ महिने जुत्ता चप्पल व्यापार मेलामा ग्राहाकको उल्लेख्य भिड बढेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगर स्थित जैन भवनमा पुस १ गतेदेखी सुरु भएको सो मेलामा १५ देखि ६० प्रतिशत सम्म छुट सुविधा पाएपछी जुत्ता चप्पल खरिद गर्ने उपभोक्ताको भिड लागेको हो ।

१ महिनामा डेढ करोडको कारोबार हुने अनुमान गरिएपनि २० दिनमै करिब डेढ करोड बढीको कारोबार भएको मेला संयोजक तथा नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । उनले २० दिनमै भएको कारोबारबाट आफुहरु उत्साहित बनेको बताएका छन् । उपाध्यायले मेलामा पाइने सुविधाबारे विस्तारै उपभोक्ताले थाहा पाउँदै जान थालेपछी यतिबेला दैनिक ग्राहाकको संख्यासमेत बढ्दै गएको जानकारी दिए ।

उपाध्यायले हाल सम्म मेलामा २० हजार भन्दा बढीले खरिद तथा अवलोकन गरेकोसमेत जानकारी दिए । मेलामा नेपालमा नाम चलेका चर्चि शिखर सुज, बि.एफ. डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक र हाइ लाईफ सुज एण्ड स्लीपर ब्राण्डका जुत्ता, चप्पल राखिएको छ । मेलामा १ सयदेखी १० हजार मुल्यसम्मका जुत्ता चप्पल उपलब्ध हुनका साथै ३ हजार बढी मोडलका जुत्ता, चप्पल एकै ठाउँमा आफ्नो रोजाइ अनुसार खरिद गर्न सकिने मेला संयोजक उपाध्यायले जानकारी दिए ।

मेला आगामी पुस २९ गते सम्म मात्र सञ्चालन हुने भएकाले उपभोक्तालाई मौकाको सदुपयोग गर्न मेला आयोजकले आग्रह गरेको छ । सस्तोमा छुटसहित नेपालमै नाम चलेका चर्चित स्वदेशी ब्राण्डका गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न पाएपछी उपभोक्ताहरु समेत खुशि भएका छन् । उनीहरुले एकै छानामुनि विषेश छुटमा सस्तोमा जुत्ता चप्पल छानेर लान पाइने भएकाले यस्तो मेला नियमित लाग्नुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...

राहतमा विवाद हुँदा सिरहामा झडप

जनकपुर, ९ जेठ-सिरहाको नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा झडप हुँदा डेढ दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ भने अन्यको सिरहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...

एसईइ रनिङ शिल्डको उपाधि बरहा राईजिङलाई

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा...

रविदानन्द चौधरी स्मृति कपको उपाधि रंगशाला भेट्रानलाइ

विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको विराटनगरको रंगशाला भेट्रान क्लबले जितेको छ । विराटनगरको विराट युनाइटेड भेट्रान क्लब फाइनल खेल्न नआएपछि वाकओभरको आधरमा रंगशाला भेट्रान क्लबले बुधबार उपाधि जितेको हो...

इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

विराटनगर, २ साउन । सुनसरीको इटहरीस्थित आइसोलेसनमा एक युवकले स्यानिटाइजर पिएर आत्महत्या गरेका छन् । इटहरी–१० स्थित उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत ३२ वर्षीय प्रकाश भण्डारीले आत्महत्या गरेका हुन् । इटहरी–८...

सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...

जनकी पोलिट्यांकद्धारा मास्क र सेनिटाईजर बितरण

विराटनगर, चैत १०–कोरानो भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि विराटनगरको निजी क्षेत्रले समेत सक्रियता देखाएको छ । यसै क्रममा विराटनगर रोडशेष चोकस्थित सौगात हार्डवेयरले सेनिटाइजरसहित हात धुने व्यवस्था मिलाएको छ । रोडशेष चोकमा स्थापना गरिएको बेसिनबाट...

प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विराटनगर, १ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्