तिमल्सिना समाजद्वारा सूचना संयोजक सम्मानित

 न्यूज विराट
तिमल्सिना समाजद्वारा सूचना संयोजक सम्मानित

 

सम्मान ग्रहण गर्दै पत्रकार तिम्सिना ।

पथरी । तिमल्सिना समाज नेपाल मोरङले पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक पत्रकार भूपेन्द्र तिम्सिना सहित ९ जनालाई सम्मानित गरेको छ ।

तिमल्सिना समाज नेपाल जिल्ला कार्यसमिति मोरङको दोस्रो चुनावी साधारण सभाका अवसरमा आज बेलबारीको भाउन्नेमा सम्पन्न कार्यक्रममा समाजका संरक्षक कल्याणकुमार तिम्सिनाले पत्रकार तिम्सिना सहितलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभएको हो ।
सभामा जिल्ला तदर्थ समिति संयोजक हरिप्रसाद तिम्सिना, महिला अग्रणी विराटनगरकी भारती तिम्सिना, इटहरीका कलाकार विक्रमश्रि तिम्सिना, राजनीति एवम् समाजसेवा क्षेत्रकी बेलबारीकी गीता तिम्सिना, खेलकुद क्षेत्रका विराटनगरका मनिष तिम्सिना समेत सम्मानित हुनु भएको छ ।

त्यस्तै, तिमल्सिना समाजको कार्यालय निःशुल्क उपलब्ध गराउने सुन्दरहरैंचाका खगेन्द्र तिम्सिना, उत्तरपूर्वी मोरङका सामुदायिक विद्यालयहरुमा खानेपानी व्यवस्थापना सघाउने उर्लावारीका लालबहादुर तिम्सिना र सुन्दरहरैंचाका समाजसेवी छत्रपति तिम्सिनालाई पनि सम्मानित गरिएको छ ।
सभाले पुनः सञ्जय तिम्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सम्बन्धित समाचार

मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै, टिकट अब फोनमै

कोरोना भाइरसको महामारीका कारण झण्डै सात महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार छिट्टै नै सञ्चालनमा आउने भएको छ । कम्पनीले आफ्नो २३औँ वर्ष प्रवेशको अवसर पारेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई केबुलकार खोल्ने...

लकडाउन अपरिहार्य हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अपरिहार्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले लकडाउन अपरिहार्य रहेको भन्दै लकडाउन ८ दिन बढाइएको बताएका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए । मुख्यमन्त्री...

सुनको मूल्य प्रतितोला १ लाख नजिक

काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...

अग्नि खरेलले संबैधानिक इजलाशलाई स्मरण गराए देउवाको रिट खारेज हुने सर्वाेच्चकै त्यो फैसला

काठमाडौं, असार १७ । पूर्वमहान्यायाधिबक्त तथा बरिष्ठ अधिबक्ता अग्नि खरेलले प्रधानमन्त्री नियुक्ति प्रकरण र प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिट सर्वाेच्च अदालतले यसअघि गरेको फैसलाकै आधारमा खारेज हुने तथ्य राख्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक...

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो । ती वडाको...

शेरबहादुर फर्किए प्रचण्ड–माधव समूहमा

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले आफ्नो ‘कित्ता क्लियर’ पार्ने क्रम जारी छ । यसै क्रममा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका नेता शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किएका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्