घरमा प्रयोग गरिएको काठको बिलबिजक खोज्नुपर्ने वन पैदावार व्यवसायीको माग

 न्यूज विराट
घरमा प्रयोग गरिएको काठको बिलबिजक खोज्नुपर्ने वन पैदावार व्यवसायीको माग

बेलबारी । काठ सहितको वन पैदावारको व्यवसाय गर्दै आएका व्यवसायीहरूले अवैध रूपमा हुने काठको कारोबार नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ कोशी प्रदेशमा आबद्ध व्यवसायीहरूले यस्तो माग गरेका हुन्। महासंघले सो विषयमा नगरपालिका महासंघलाई ज्ञापनपत्र बुझाएको छ। व्यवसायीहरूले बजारमा हुने मागको ५० प्रतिशतभन्दा बढी काठ अवैध रूपमा आपूर्ति भइरहेको दाबी गरेका छन्।
अवैध रूपमा हुने काठको चोरी तस्करी तथा आपूर्ति नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुनसक्ने अपेक्षासहित व्यवसायीहरूले स्थानीय तहलाई विभिन्न सुझाव समेटी ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेका छन्। अभियानको पहिलो दिन नगरपालिका महासंघका अध्यक्ष रहनुभएका बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईलाई महासंघका पदाधिकारीले सो विषयको ज्ञापनपत्र बुझाएका छन्। महासंघका झापा, मोरङ, सुनसरी र उदयपुरका पदाधिकारीको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको छ।
नगरपालिका महासंघलाई बुझाइएको ज्ञापनपत्रमा स्थानीय तहहरूलाई विभिन्न सुझाव समेत दिइएको छ। जसअनुसार वन पैदावारको मूल्य स्थानीय निकायहरूले छुट्टाछुट्टै तोक्ने गरेकाले स्थानीय तहको राजश्व आम्दानीमा फरक परिरहेको र यसमा एकरूपता कायम गर्नुपर्ने माग गरिएको छ।
उपभोक्तालाई काठ आपूर्ति सम्बन्धी अपारदर्शी नीतिका कारण काठको चोरी तस्करी बढेको व्यवसायीहरूको ठम्याई छ। अभियान अन्तर्गत कोशी प्रदेशभरिका स्थानीय तहहरूलाई माग र सुझाव समेटिएको ज्ञापनपत्र बुझाइने नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष निर्मल खतिवडाले बताउनुभयो।
अवैध रूपमा हुने काठको आपूर्तिले राज्य र व्यवसायी दुवै मारमा परिरहेकाले यस्तो अवस्था अन्त्य गर्न सम्बद्ध निकायहरूले पहल गर्नुपर्ने व्यवसायीहरूले माग गरेका छन्। यस्तै झन्झटिलो कानुनी व्यवस्था र कर्मचारीको ढिलासुस्ती, अस्थिर राजनीति लगायतका कारणले वनमा उत्पादित काठ सडेर खेर गइरहेको तथा विदेशी काठको आयात वृद्धि भएको अवस्थामा व्यवसायीका साथै राज्यले समेत दोहोरो घाटा खेप्नु परिरहेको व्यवसायीहरूले बताएका छन्।
काठको अवैध चोरी तस्करी नियन्त्रणमा स्थानीय तहहरूले खेल्न सक्ने महत्वपूर्ण भूमिकाको रूपमा व्यवसायीहरूले स्थानीय तहले घर निर्माण सम्पन्न प्रमाणपत्र दिने बेलामा घरमा प्रयोग गरिएको काठको बिलबिजक अनिवार्य रूपमा खोज्नुपर्ने माग गरेका छन्। यसो गर्दा धेरै हदसम्म चोरी तस्करी नियन्त्रण गर्न सकिने व्यवसायीहरूले दाबी गरेका छन्।

सम्बन्धित समाचार

आज अपरान्हपछि माैसममा क्रमिक सुधार, भाेलिदेखि घाम लाग्ने

काठमाडौं, २२ माघ । देशभर आज पनि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि दिउँसाेदेखि भने माैसममा क्रमश: सुधार हुँदै जानेछ । माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज अपरान्हपछि...

पहिचानवादीको विराटनगरमा शान्तिपूर्ण आन्दोलन

विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचान पक्षधरले विराटनगरमा आज शान्तिपूर्ण आन्दोलन गरेका छन् ।प्रदेश १ पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन...

भुजेल भाषा र लिपी पुस्तक बिमोचन

विराटनगर । भुजेल भाषा र लिपी नामक पुस्तक बिमोचन गरिएको छ । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो । विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाबाट...

दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड

विराटनगर, १८ फागुन । दलित समुदाय माथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयन हुनुपर्नेमा एक कार्यक्रमका सहभागि वक्तहरुले जोड दिएका छन् । मानव अधिकारका लागि श्रोत विकास मञ्च (रिडेफ) नेपालले विराटनगरमा बुधबार आयोजना गरेको दलितका संवैधानिक,...

ऊर्जा कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन

मकवानपुर, १७ वैशाख-मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन-मंगलबार नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल–...

प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिन : पूर्वाञ्चल ऐकेडेमीको अग्रता

विराटनगर । विराटनगरमा जारी १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले अग्रता लिएको छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा दोसो दिन शनिबारसम्म २...

नेकपाले आयोजना गरेको रक्तादानमा ६७ पिन्ट रगत संकलन

विराटनगर, बैशाख २४–नेकपा विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्