तेस्रो मिल्स भेट्रान्स गोल्डकप, पथरी र हाम्रो धरान सेमिफाइनलमा
सोमबार, २९ बैशाख, २०८२,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताका मोरङको पथरीशनिश्चरे भेट्रान्स र हाम्रो धरान भेट्रान्स क्लबसेमिफाइनलमा पुगेका छन् । विराटनगर जुटमिल खेलमैदानमा सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पथरीशनिश्चरे भेट्रान्सले मिल्स भेट्रान्स क्लब (ख) लाई २–१ गोलको अन्तरले पराजित गर्यो। खेलको रोमाञ्चक परिणाम पथरीका पक्षमा रह्यो। पथरीतर्फबाट प्रतीक सुब्बा र मनिषले प्रत्येकले १–१ गोल गरे भने मिल्स भेट्रान्सका सागत घिमिरले टोमलाई सान्त्वना गोल दिलाए। सोही दिन भएको दोस्रो क्वाटरफाइनल खेलमा हाम्रो धरान भेट्रान्सले झापाको कन्काइ भेट्रान्सलाई ३–१ गोलले विजयी भयो। धरानतर्फबाट पदम कुमार राई, सुरज श्रेष्ठ र निर्मल तामाङले प्रत्येकले १–१ गोल गरे। कन्काइका जितेन्द्र बहादुर श्रेष्ठले टोमलाई एक सान्त्वना गोल दिलाए। खेलको उत्कृष्ट खेलाडीको पुरस्कार धरानका पदम कुमार राईलाई प्रदान गरिएको थियो, जसले आफ्नो टोमको जीतमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। प्रतियोगिताको मंगलबार भरौल भेट्रान्स बराहाक्षेत्र, सुनसरी र विराट भेट्रान्स क्लब सुन्दरहरैचा बीच प्रतिस्पर्धा हुने छ।
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...
काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् ।...
विराटनगर, २५ वैशाख । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले सबै फार्मेसीबाट रिर्जभ एन्टिबायोटिक्स औषधिहरुको विक्री वितरणको माग गर्दै सोमवार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।कोशी अस्पतालले संचालनमा ल्याएको ‘निःसन्तान क्लिनिक’ को उद्घाटन तथा अस्पताल निरिक्षणका...
काठमाडौं, २० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...
विराटनगर । पोखरामा हुन गइरहेको १५ वर्षमुनिको जुनियर ब्याटमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनौट भएका छन् ।नेपाल ब्याटमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनौट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका छन् । बिहीबार र शुक्रबार भएको...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका बीएच अध्ययनरत विद्यार्थीहरुले विभिन्न परिकार बनाएर ‘फुट टेस्ट’ गराएका छन् ।बीएचएम फस्ट सेमिस्टरमा अध्ययरत विद्यार्थीहरुले बनाएको परिवारहरू अतिथिहरुलाई चखाएका हुन् । बीएचएम पढाइको क्रममा सिकेको ज्ञान व्यवहारमा उतारेको बीएचएम...
विराटनगर, १३ माघ । फर्जी कर्मचारी देखाएर मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ अपचलन गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय...