रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीबाट बेच्न पाउनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र
सोमबार, १८ चैत, २०८१,
न्यूज विराट
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले सबै फार्मेसीबाट रिर्जभ एन्टिबायोटिक्स औषधिहरुको विक्री वितरणको माग गर्दै सोमवार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ । कोशी अस्पतालले संचालनमा ल्याएको ‘निःसन्तान क्लिनिक’ को उद्घाटन तथा अस्पताल निरिक्षणका क्रममा विराटनगर आएका स्वास्थ्यमन्त्री पौडेललाई भेटेर संघले ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष देशबन्धु ढकालको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई गत फागुन २५ गते औषधि व्यवस्था विभागले रिर्जभ एन्टिबायोटिक्स औषधि अस्पताल भित्रका फार्मेसीलेमात्र विक्री वितरण गर्न पाउने निर्णयलाई सच्याई सबै फार्मेसीले विक्री वितरण गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष देशबन्धु ढकालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा औषधि व्यवस्था विभागले गरेको उक्त निर्णयले अस्पताल वाहिरका फार्मेसीहरुलाई विस्थापित गर्नुको साथै करोडौंको लगानी डुब्ने अवस्था आएकोले औषधि व्यवासायीलाई विस्थापित हुनबाट जोगाउन र लगानी सुरक्षित गर्न मन्त्री समक्ष आग्रह गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘विभागले रिर्जभ एन्टिबायोटिक्स औषधि अस्पताल भित्रका फार्मेसीले मात्रै बिक्री वितरण गर्न पाउने गरि गरेको निर्णयले तमाम औषधि व्यवसायीहरुलाई चिन्तीत तुल्याएको छ । यस खालको निर्णयका कारण अस्पताल बाहिरका फार्मेसीहरू प्रत्यक्ष प्रभावित हुनुका साथै व्यवसायी यो पेशाबाट विस्थापित हुने र करोडौं लगानी डुब्ने खतरासमेत बढाएको छ ।’ संघले ज्ञापन पत्रमा भनेको छ , ‘विभागले कुनै वैज्ञानिक आधारबिना र एकतर्फी रूपमा निर्णय गरेको हुनाले यो गलत निर्णयलाई सच्याउन मन्त्रीले पहलकदम लिईदिनुहुन्छ भन्ने विश्वास लिएका छौंं । ’ त्यस्तै संघले औषधि व्यवसायी संघ सम्पूर्ण औषधि व्यवसायीहरुको हकहित र अधिकारका साथै सामाजीक कार्यमा २०३० सालदेखि निरन्तर कार्य गर्दै आएको संस्था भएकोले संघीय सरकार तथा प्रदेश सरकारले स्वास्थ्य नीति तथा ऐन कानुनहरु बनाउँदा वा कुनै छलफल ,गोष्ठिहरु गर्दा संघको प्रतिनिधित्व गराई नतिजामुखि बनाउनसमेत आग्रह गरेको छ । देशमा गणतन्त्र स्थापना भइसक्दापनि स्वास्थ्य क्षेत्रका विषयमा सरोकार राख्ने औषधि व्यवसायीहरुलाई पाखा राखेर बनाइने नीति ,नियम तथा ऐन,कानुनले ठोस नतिजा प्राप्त नुहने भन्दै ज्ञापन पत्रमा भनिएको छ , ‘ संघलाई वेवास्था गरेर बनाइने नीति तथा ऐन कानुनले समग्र स्वास्थ्य क्षेत्रको विकास गर्नेमा विश्वस्त छैनौं , सेवाभावको भावनाबाट विचलित नभई स्वास्थ्य जस्तो संवेदनशिल विषयमा ज्यानको समेत पर्वाह नगरि अग्रभागमा खटिएर जनतालाई सेवा पु¥याउने हामी औषधि व्यवसायीहरुलाई आगामी दिनमा नेपाल सरकार र त्यसमापनि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य ऐन, कानुनका साथै नीति नियम बनाउँदा स्वास्थ्य क्षेत्रको अभिन्न अंगको रुपमा रहेको नेपाल औषधि व्यवसायी संघ सँगपनि सल्लाह,सुझाव तथा परामर्श गरि सार्थक परिणाम निकाल्नकालागि आग्रह गर्दछौं । ’ ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले यस विषयमा आफुले विभागसँग बुझेर समस्या समाधान गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, ‘ यस विषयमा आफुले विस्तृत नबुझेकोले अहिले नै गर्छु भनेर भन्न नसक्ने तर, व्यवसायी विस्थापित हुने र लगानी डुब्ने अवस्था आउन नदिन विभागसँग बुझेर आफुले ठोस प्रयास गर्छु ।’ संघका प्रदेश समिति अध्यक्ष धनराज काफ्लेसहित जिल्ला अध्यक्ष ढकालको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा संघका वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी , महासचिव अरुण व्राम्हणलगायतको सहभागीता रहेको थियो ।
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।...
विराटनगर । कोशी प्रदेशका लेखाका कर्मचारीहरु शुक्रबारदेखि काममा फर्किएका छन् । गत असार ६ गतेदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरू प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले न्यायोचित मागको सम्बोधन गर्न आवश्यक...
काठमाडौं, २ असोज-प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह...
विराटनगर, २८ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना संक्रमण भएको छ । ७३४ जनाको पीसीआर परीक्षण गर्दा २३३ र २८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...
विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...
रुकुम, ७ असार-सोती मुद्दामा आज ९ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ । जाहेरीवालातर्फका ६/७ वकिलले अझै बहस गर्न बाँकी...
कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् । आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको...