१० बुँदे मागसहित प्रेस सेन्टर नेपाल मोरङले बुझायो ज्ञापनपत्र

 न्यूज विराट
१० बुँदे मागसहित प्रेस सेन्टर नेपाल मोरङले बुझायो ज्ञापनपत्र

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङ शाखाले सञ्चारकर्मीहरूको हकहित तथा प्रेस स्वतन्त्रताको रक्षा गर्दै १० बुँदे मागसहितको ज्ञापनपत्र संघीय सरकारलाई बुझाएको छ। सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाइएको हो।

उक्त ज्ञापनपत्र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन आचार्य, प्रदेश १ की उपाध्यक्ष सुजता लिम्बु, महासचिव गोकुल पराजुली र मोरङ अध्यक्ष नविचन्द्र कर्णले संयुक्तरूपमा प्रमुख जिल्ला अधिकारी यादवलाई बुझाएका थिए।

ज्ञापनपत्रमा प्रेस सेन्टर नेपालले पत्रकार कृष्ण सेन ‘इच्छुक’को हत्या र पत्रकारहरूमाथि भएका अन्य ज्यादतीहरूका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। साथै, पत्रकार दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, र राजेन्द्र ढकालसहितका बेपत्ता पत्रकारहरूको अवस्थाबारे छानबिन गरी यथासिघ्र सार्वजनिक गर्न माग गरिएको छ।

एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्याका दोषीलाई कारबाही गर्न र रजकलाई सहिद घोषणा गर्दै परिवारलाई राहत दिनुपर्ने मागसमेत राखिएको छ। त्यस्तै, पत्रकार र सञ्चारगृहमाथि भएका आक्रमणको निन्दा गर्दै सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रेस सेन्टरले संविधानअनुसार प्रेस स्वतन्त्रता अनुकूल कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै प्रेस सम्बन्धी ऐन र नीति निर्माणमा सरोकारवालासँग व्यापक छलफल गर्न आग्रह गरेको छ। श्रमजीवी पत्रकार ऐन २०५२ को पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिकको तत्काल कार्यान्वयन, प्रेस रजिष्ट्रारको कार्यालय स्थापनाको माग पनि गरिएका छन्।

त्यसैगरी, पत्रकार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकार वृत्तिकोषको सहज पहुँच, लोककल्याणकारी विज्ञापनको वृद्धि, विज्ञापन वितरणमा पारदर्शिता र समावेशी व्यवस्था सुनिश्चित गर्न माग गरिएका छन्। स्वास्थ्य तथा जीवन बीमा, सञ्चार सामग्री खरिदमा अनुदान, सवारी साधनमा भन्सार छुट तथा सामाजिक सुरक्षा कोषमा सञ्चारकर्मीको आबद्धता अनिवार्य गर्नुपर्ने माग पनि उठाइएको छ।

स्थानीय मिडियालाई प्राथमिकता दिने विज्ञापन नीति, महिला, दलित, आदिवासी र सीमान्तकृत वर्गको सहभागिता सुनिश्चित गर्ने, पत्रकारिता पुरस्कारमा दलीय भागबण्डा रोक्ने, सहिद तथा बेपत्ता पत्रकारको स्मृतिमा कोष र पुरस्कार स्थापना गर्ने प्रस्ताव गरिएको छ। प्रेस सेन्टर नेपालले आगामी बजेटमा पत्रकारिता क्षेत्रको समग्र प्रवर्द्धन र सुरक्षाका लागि स्पष्ट नीति र कार्यक्रम समेट्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

ब्लड क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्कको सहयोग

विराटनगर, फागुन १२–ब्लड क्यान्सरबाट पीडित भएका विराटनगरस्थित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारमा सहयोग गर्ने उद्देश्यले स्पार्क हेल्थ होम हस्पिटल काठमाडौंले १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं...

६ कम्युनिष्ट पार्टीले गरे भोली नेपाल बन्दको घोषणा

विराटनगर, ३ फागुन । अमेरिकी सहायता परियोजना एमसीसीको विरुद्धमा विभिन्न छ वटा कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी, देशभक्त गणतान्त्रीक मोर्चा नेपाल, बैज्ञानिक समाजवार्दी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र नेकपा...

विराटनगरमा सिटी चालकको प्रर्दशन

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका...

औषधी व्यवसायी ढकालले मानव सेवा आश्रममा मनाए जन्मदिन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले ५१ औँ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । विराटनगरस्थित मानव सेवा आश्रममा बिहीबार आश्रममा आश्रित बुवाआमालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् । विगतका...

बटुल्नै नमिल्ने गरी खेतमै भिज्याे धान, किसानलाई भाेकमरीकाे चिन्ता

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान...

क्वारेन्टाइनमा व्यवस्था राम्रो नभएको भन्दै प्रशासकीय अधिकृतमाथि कुटपिट

दैलेख, २२ जेठ-दैलेखको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टानमा बसेकाहरूले बुधबार हातपात गरेका छन् । गाउँपालिका-४ मा बसेकाहरूले क्वारेन्टाइनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन् । भारतबाट आएका करिब १ सय जिल्लाबासी...

गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना

विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...

भिसा नभएका विदेशी कामदारलाई २ साताभित्र मलेसिया छाड्न आदेश, हजारौँ नेपाली प्रभावित

काठमाडौं, २६ वैशाख-मलेसिया सरकारले अवैध रुपमा लुकेर काम गर्दै आएका आप्रवासी कामदारलाई देश छाड्न अपिल गरेको छ । कडा प्रवन्धबीच औद्योगिक क्षेत्र र मलहरू खुला गरेको मलेसियामा संक्रमितहरूको बृद्धिदर अहिलेकै अवस्थामा रहे त्यसलाई नियन्त्रण गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्