शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत

 न्यूज विराट
शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत

विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५९ जना विद्यार्थीहरूलाई कलेज परिसरमा मंगलबार एक कार्यक्रमबीच नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरूलाई लगनशीलता, अनुशासन र निरन्तर अभ्यास नै सफलताको आधार हुने उल्लेख गर्दै फाइनल परीक्षामा समेत उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए । ‘पढाइलाई लक्ष्यअनुसारको मेहनत र स्पष्ट योजनासहित अघि बढाउनुहोस् । जीवनमा सफलता यत्तिकै हुँदैन, यसको लागि निरन्तरता आवश्यक हुन्छ ,’ प्रिन्सिपल खड्कालले भने ।


प्राप्त नतिजाअनुसार शिरिन भट्टराईले ९४.२ प्रतिशत ल्याएर प्रथम स्थान हासिल गरेकी छन् । शकिल अहमद ९४ प्रतिशत अंकसहित दोस्रो स्थानमा रहँदा, सौगात सुवेदीले ९२.५ प्रतिशत ल्याएर तेस्रो स्थान प्राप्त गरेका छन् । सम्मानित विद्यार्थीहरूलाई प्रिन्सिपल खड्का, कलेजका निर्देशक भुपेन्द्र दाहाल, विज्ञान संकाय संयोजक नवीन रोय, तथा निर्देशक रामचन्द्र अधिकारी लगायतले प्रशंसा पत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

कलेज व्यवस्थापनका अनुसार यस्तो सम्मानले विद्यार्थीहरूलाई अझै प्रेरित गर्ने र आगामी परीक्षामा अझ उत्कृष्ट नतिजा ल्याउन उत्प्रेरित गर्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

गठबन्धन सरकारको फेरी अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...

टिपरको ठक्करबाट एकको मृत्यु, हरैंचा बजार तनावग्रस्त

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएपछि क्षेत्र तनावग्रस्त बनेको छ। टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भीडले शव सडकमा राखेर प्रदर्शन गर्दै...

तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर...

झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

झापा । झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड २ बेलडाँगीको भित्री सडकमा विपरित दिशा बाट आउँदै गरेका दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना...

विराट एक्स्पो, प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ ।थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको...

प्रदेश १ः संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन...

कांग्रेसको निष्कर्ष : गठबन्धन छुटाएर भएपनि एमसीसी अनुमोदन

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।ेबिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा. शशांक...

बजार पशल ७ बजेसम्म खुल्ने गरि मोरङमा भदौ २८ सम्म निषेधज्ञा जारी

विराटनगर, २२ भदौ-खुकुलो प्रावधानसहित मोरङमा थप ६ दिन निषेधज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । भदौ ५ गतेबाट यसअघि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्