पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा ४५५ महिलाको स्क्रिनिङ

 न्यूज विराट
पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा ४५५ महिलाको स्क्रिनिङ

दुहबी । दुहबी नगरपालिका र करुणा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा दुहबी वडा नं. १२ मा सम्पन्न पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार शिविरमा कुल १४२ जना महिलाको स्क्रिनिङ गरिएको छ। जसमध्ये २ जना महिलामा भिआए पोजेटिभ देखिएपछि सोही ठाउँमै उपचार समेत गरिएको छ।

शिविरमा बि।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. रमेश श्रेष्ठ, डा. सुर्य प्रसाद रिमाल, डा. जोशना यादव, तथा कोअर्डिनेटर सिनियर अनमी पुजन सुब्बाले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

यसअघि दुहबी वडा नं. ४, ११ र १२ मा गरी जम्मा ४५५ महिलाको स्क्रिनिङ गरिएको थियो, जसमा ८ जना महिलामा पोजेटिभ देखिएको थियो। ती सबैको थर्मोकोएगुलेसन विधिबाट तत्कालै उपचार गरिएको छ। उपचार गरिएका महिलाहरूले झन्डै १५ देखि २० हजार रुपैयाँ बराबरको खर्च बचत गर्न सफल भएका छन्।

शिविरमा सक्रिय सहभागी भएर सहयोग गर्ने स्वयंसेविका दिदीबहिनीहरू तथा निरन्तर साथ दिइरहनुभएकी पिंकी भगत म्यामलाई आयोजक टोलीले विशेष धन्यवाद ज्ञापन गरेको छ।

शिविरले शहरी तथा ग्रामीण भेगका महिलाहरूलाई लाभ पुर्‍याउनुका साथै पाठेघरको मुखको क्यान्सर सम्बन्धी जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको दुहबी नगरपालिकाले जनाएको छ। आयोजकका अनुसार एक पटक गरिएको यो परीक्षण ३ वर्षसम्म विश्वसनीय रहन्छ।

सम्बन्धित समाचार

मोरङ कारागारमा कैदीबन्दीबिच झडप

विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् । विराटनगर कारागारका...

विराटनगरको कलश फर्माको सेवा चौबिसै घण्टा, डिडिएमा दर्ता भएका सबै औषधी पाइने

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको ‘कलश फर्मा’ले चौबिसै घण्टा सेवा विरामीलाई दिने भएको छ । गणेश थापाले संचालन गरेको उक्त औषधी पसलले विरामीलाई चौबिसै घण्टा सेवा दिने भएको हो । स्वास्थ्य उपचार गरेका विरामीहरुले...

१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...

विराटनगर महानगरकाे मतगणना बिहान ८ बजेबाट हुने

विराटनगरः स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आज (शनिबार) बाट मतगणना शुरु हुँदैछ । चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाट शुरु हुँदैछ । शुक्रबार रातिबाट नै...

मोरङ प्रहरीद्धारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगगर १२ बखरीस्थित आधरभूत स्वास्थ्य केन्द्रमा बुधबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् । विराट मेडिकल...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

धरान भेट्रान्सले मिल्स भेट्रान्स गोल्डकपको उपाधि हात पार्‍यो

विराटनगर, जेठ ४ – विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान्स क्लबले हात पारेको छ। शनिबार विराटनगर जुटमिल खेल मैदानमा आयोजित फाइनल खेलमा धरानले आयोजक मिल्स भेट्रान्स क्लबलाई ३–०...

भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो । आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्