भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

 न्यूज विराट
भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे

भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो ।

आमाको मृत्यु हुँदा पनि नेपाल आउन नपाउँदा भट्ट क्वारेन्टाइन बसेको स्थानमा नै किरिया बसेका थिए ।उनी ६ दिन भारतको क्वारेन्टाइनमा नै किरिया बसेका थिए ।

भट्टले ढिलै भए पनि नेपाल आउन पाएकोमा राम्रो लागेको बताए । ‘नेपाल सरकार, पत्रकार दार्चुलाका सिडिओ सबैको मिहिनेतले म नेपाल आउन पाए ।’ उनले भने, ‘अब मेडिकल टेस्ट गरेपछि आजै घर जान्छु । मेरो लागि पहल गरीदिने सबैलाई धेरैधेरै धन्यवाद ।’

उनी क्वारेन्टाइनमा नै किरिया बसेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारले उनलाई नेपाल ल्याउन पहल गरेको थियो । भट्टलाई नेपाल ल्याउन दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले निरन्तर पहल गरेका थिए । उनलार्ई नेपाल ल्याउन पौडेलले भारतीय पक्षलाई पत्र लेखेर नेपाल पठाइदिन भनेका थिए ।

सम्बन्धित समाचार

विराटनगर महानगरद्धारा स्वाव परिक्षणको नतिजाका लागि ’हेल्प डेस्क’ सञ्चालन

विराटनगर, साउन २७-विराटनगर महानगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । विराटनगरमा कोरोना भाइरस(कोभिड–१९) र स्वाव परिक्षण गरिएको नतिजनाका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । जसका लागि विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म ०२१–५१५१७५ र...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत २०–उदयपुर र मोरङका २ छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ बर्षीय दिलप्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।...

लुम्बिनीमा दीप प्रज्वलन र विश्व शान्ति प्रार्थना

रुपन्देही, २४ वैशाख-बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन तथा विश्व शान्ति प्रार्थना गरिएको छ । सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा आज बिहान विहारका भिक्षु र गुरुआमाले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको चिरशान्तिको...

प्रदेश १ सरकारलाई स्वीस सरकारद्धारा पीसीआर मेसिन हस्तान्तरण

विराटनगर, ९ साउन–प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको...

धरानस्थित बीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

सुनसरी, २ मंसिर-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा सुनसरी र तेह्रथुमका दुई महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले...

अब सामाजिक सुरक्षा कोषमा विदेशिएका नेपाली पनि समेटिने

काठमाडौं, २ जेठ-वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको पनि अब योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विदेश गएर कमाइ गर्ने व्यक्तिहरूलाई...

औषधी व्यवसायी ढकालले मानव सेवा आश्रममा मनाए जन्मदिन

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले ५१ औँ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । विराटनगरस्थित मानव सेवा आश्रममा बिहीबार आश्रममा आश्रित बुवाआमालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका हुन् । विगतका...

विराटनगर महानगरको सेवा असोज २ गतेसम्म बन्द

विराटनगर, २८ भदौ–विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीमा कोरोना देखिएपछि महानगरको सेवा बन्द गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत इन्द्रमणी पोखरेललाई कोरोना पुष्टि भएपछि जोखिम बढेको भन्दै सोमवारदेखि महानगर बन्द गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्