माओवादी विराटनगरको निर्वाचन : देव राजवंशीको प्यानलै विजयी

 न्यूज विराट
माओवादी विराटनगरको निर्वाचन : देव राजवंशीको प्यानलै विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । शनिबार सम्पन्न निर्वाचनमा राजवंशीले ४६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत प्राप्त गरिन् ।
यसअघि महानगरको उपाध्यक्ष रहेका राजवंशी अब नयाँ नेतृत्वमा उक्लिएका छन् भने पूर्व सचिव न्यौपाने अध्यक्ष पदको दौडमा पराजित भएकी छन् । निर्वाचनमा दुई प्रमुख गुटबीच प्रतिस्पर्धा देखिएको थियो ।
एकातिर माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डल समूहले राजवंशीको नेतृत्वमा प्यानल बनाएका थिए भने अर्कातिर माओवादी केन्द्रका मोरङ इन्चार्ज कुलप्रसाद साम्बा नेतृत्वको समूहले न्यौपानेलाई अध्यक्ष पदका उम्मेदवार बनाएको थियो । मण्डल माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा निकट मानिन्छन् भने साम्बा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेताको रूपमा चिनिन्छन् । यसले गर्दा यो निर्वाचन पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनको परिणामस्वरूप महत्वपूर्ण मानिएको छ ।
राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन (५८ मत), धर्मलाल माझी (५८ मत) र सनोज कुमार यादव (४४ मत) निर्वाचित भए । यसैगरी, सचिवमा सोनु मेवट ४२ मत ल्याएर विजयी भए भने सहसचिवमा दिनेश कुमार कामत ३९ मत ल्याएर निर्वाचित भए ।
न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवारहरू केमुना ओडारी (शारदा), चन्द्रबहादुर वन र शिवराम थन्दारले क्रमशः ३३, ३६ र ३३ मत प्राप्त गरे । सचिवमा मोहमद अजामले ३६ मत र सहसचिवमा भरत गिरी (गोसाइ) ले ३२ मत प्राप्त गरे । सहसचिवकै अर्का उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
माओवादी केन्द्रको विधान अनुसार, कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ । यस निर्वाचनमा ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष राजवंशीले निर्वाचनपछि दिएको प्रतिक्रियामा भने, ‘पार्टीप्रति विश्वास र जिम्मेवारी दिनुभएकोमा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । हामी सबै मिलेर पार्टीलाई अझ मजबुत बनाउने र विराटनगरको विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

सम्बन्धित समाचार

तिमल्सिना समाजद्वारा सूचना संयोजक सम्मानित

  [caption id="attachment_47372" align="alignnone" width="1000"] सम्मान ग्रहण गर्दै पत्रकार तिम्सिना ।[/caption] पथरी । तिमल्सिना समाज नेपाल मोरङले पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक पत्रकार भूपेन्द्र तिम्सिना सहित ९ जनालाई सम्मानित गरेको छ । तिमल्सिना समाज नेपाल जिल्ला...

लकडाउनको मोडालीटी परिवर्तन गर्न विज्ञसँगको छलफलमा उच्चस्तरीय समिति

काठमाडौं, २२ वैशाख-झण्डै डेढ महिना लामो बन्दाबन्दीको कारण जनवीवन प्रभावित भएपछि बन्दाबन्दीको मोडालिटी परिवर्तनका विषयमा सरकारले छलफल सुरु गरेको छ । सोमबार कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वयन समितिले विज्ञहरूसँग राय मागेको छ । उपप्रधानमन्त्री तथा...

एसइइ रनिङ्ग शिल्ड प्रतियोगिता : पोखरीया, डिपिएस, प्रजातन्त्र स्काइ र मनासुल स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बिहीबार...

जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्नुस्ः गच्छदार

विराटनगर, २५ वैशाख । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला...

१ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं, २३ वैशाख-नेपालमा १ बालिकासहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३ पुरुष, ३ महिला र १ बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा भेटियो किरा

विराटनगर,जेठ ३–मोरङको सुन्दरहरैचा नगरपालिका– १० विराटचौक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा किरा भेटिएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको नेतृत्वमा आएको अनुगमन टोलीले डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको ६८ थान प्याकेजिङ्ग गरिएको...

कोशी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथामिकता राखेर ल्यायो नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा...

मोरङ कांग्रेसले डायनियामा वीपी जयन्ती मनायो

विराटनगर, ६ साउन । नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा वीपी जयन्ती मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षारोपण गर्नुका साथै वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो। पार्टीका जिल्ला सभापति डिकबहादुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्