जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्नुस्ः गच्छदार

 न्यूज विराट
जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्नुस्ः गच्छदार

विराटनगर, २५ वैशाख । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला चलेकाले थारुवादबाट निस्किएर नेपाली कांग्रेसका नेतालाई मत दिन आग्रह गरे ।

उनले नेपाली कांग्रेसका नेताको जित भनेको नेताको मात्र नभएर सबैको जित भएको सुनाए । भने,“विजय गच्छदार र शेखर कोइरालाको जित भन्ने नसोच्नु होला यो पार्टीको जित हो । त्यसैले लोभ लालचामा नपर्नुहोस जनताका लागि दिनरात खटिएर काम गर्ने कांग्रेस उमेदवारलाई भोट दिनुहोस ।”

नेपाली कांग्रेका नेता डाक्टर शेखर कोइरालाले आठ रुख सात छापमा भोट दिई विजय गराउन आग्रह गर्दै भने,“लोकतन्त्रको रक्षा गर्न अनि जनताको घरदैलोमै गई काम गर्नसक्ने उमेदवार चुन्न लागिपर्नुहोस ।”

कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार जितनारायण थापा मगरले आफूलाई जिताएमा सबैलाई शिक्षामा समान अवसर दिई सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट निःशुल्क र एक समान शिक्षा दिइने व्यवस्था गर्ने प्रतिबद्धता जनाए । सबै सामुदायीक विद्यालयको भौतिक र शैक्षिक पूर्वाधारहरु सुदृढ गर्ने बताए ।

सम्बन्धित समाचार

प्रदेश १ मा ७ हजार २ सयको कोरोना परिक्षण

विराटनगर, वैशाख २१–प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री...

महिला उद्यमी सायदासहित चार जना सम्मानित हुने

विराटनगर । महिला उद्यमी सायदा तमसुमसहित चार जना उद्यमीहरू सम्मानित हुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २४ औं वार्षिक साधरणसभा तथा महिला उद्यम समिति मोरङको २० औं साधरणसभामा तमसुमसहित चार...

कोरोना संक्रमणबाट धनुषामा थप १ जनाको मृत्यु

जनकपुर, १ भदौ-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत ३१ साउनमा आइसोलेसनमा भर्ना भएका धनौजी गाउँपालिका—३ का ६५ वर्षीय पुरुषको सोमवार मृत्यु...

कारमा राखेर २० किलो चाँदी काठमाडौं लैजाने विराटनगरका दुई युवा पक्राउ

विराटनगर । २० किलो चाँदीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विराटनगरबाट अवैध रुपमा काठमाडौं लैजाँदै गरेको २० केजी चाँदीसहित सिन्धुली प्रहरीले आज विराटनगरका दुई जनालाई पक्राउ गरेको हो । ०१–०२५ च १०६९ नं...

सुनको मूल्य १ लाख नाघ्यो

काठमाडाैं, २१ साउन-बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै छापावाल सुन आज प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ...

एमाले उर्लाबारी नगर कमिटीको बैठकस्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठक विथोलिएको छ । फुटको संघारमा पुगेको एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा संस्थापन पक्षले नगरस्तरीय विस्तारित बैठक बोलाएको थियो । बैठक सुरु हुनुअघि नै बैठकस्थलमा राखिएका कुर्सी...

सप्तरीबाट ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका ९ जनाको स्वाब टेष्टका लागि बिहिवार सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । भारतको विभिन्न ठाँउबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका ८ जना...

साैराहामा जम्मा हुँदै एमाले कार्यकर्ता

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ताहरू चितवन ओइरिन थालेका छन् । भोलि उद्घाटन हुने भए पनि देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि लगायत अन्य सहभागीहरू सौराहा पुग्ने क्रम चलिरहेको हो । सौराहास्थित एमाले महाधिवेशन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्