माओवादी केन्द्र विराटनगरको नेतृत्व चयनका लागि मतगणना सुरु
शनिबार, १३ बैशाख, २०८२,
न्यूज विराट
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानपछि मतगणना सुरु भएको छ। निर्वाचन कार्यालयका अनुसार साँझ ४ बजेबाट मतगणना प्रक्रिया औपचारिक रूपमा थालिएको हो।
आज दिउँसो १ बजेदेखि सुरु भई केहीबेरअघि सम्पन्न भएको मतदानमा कार्यसमितिका ८१ जनाले शतप्रतिशत सहभागिता जनाएका थिए। मतगणनाबाट माओवादी केन्द्र विराटनगरको अध्यक्षसहित उपाध्यक्ष, सचिव, सहसचिव लगायत पदाधिकारीहरू चयन गरिने छन्।
निर्वाचनको प्रारम्भिक नतिजा केही घण्टाभित्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसअघि, गत आइतबार सम्पन्न नगर सम्मेलनबाट ८१ सदस्यीय कार्यसमिति चयन भए पनि पदाधिकारी चयनमा सहमति नजुटेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको थियो। माओवादीको विधान अनुसार कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ।
यस निर्वाचनमा दुई मुख्य प्यानल प्रतिस्पर्धामा छन्। एकतर्फ, नेता शिवकुमार मण्डल समूहले दिनेश देव राजवंशीको अध्यक्षतामा प्यानल बनाएको छ। सो प्यानलमा उपाध्यक्षमा सनोजकुमार यादव, धर्मलाल माझी, र चन्द्रबहादुर वन, सचिवमा सोनु केवट, र सहसचिवमा दिनेशकुमार यादव रहेका छन्।
अर्कोतर्फ, माओवादी केन्द्रका मोरङ इन्चार्ज कुलप्रसाद साम्बा नेतृत्वको समूहले नमिता न्यौपानेलाई अध्यक्ष पदका लागि अघि सारेको छ। सो प्यानलमा उपाध्यक्षमा शिवराम थन्दार, शारदा मैनाली, र सरस्वती ओझा, सचिवमा मो. आजम परवेज, र सहसचिवमा भरत गिरी रहेका छन्। कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। पार्टीभित्र नेताहरूको पृष्ठभूमि हेर्दा, मण्डल उपमहासचिव जनार्दन शर्माका निकट मानिन्छन् भने साम्बा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेताको रूपमा चिनिन्छन्।
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै...
विराटनगर, ३० माघ । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिय पहिचान सुचिकृतगर्न मागगर्दै मोटरसाईकल ¥याली सहित खबरदारी सभा गरेको छ । समितिले बिराटनगरमा मोटरसाईकल ¥यालीसहित खबरदारी सभा गरेको हो । समितिको अगुवाईमा विराटनगरको राजवंशीचोकबाट...
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताकोआज भएको दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित भएको छ । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै...
विराटनगर, २८ पुस-सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै नेकपाको दाहाल नेपाल समूहको अनेरास्ववियूले प्रदेश १ को प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराउदै निर्णय खारेजीको माग गरेको छ। प्रदेश १ सरकारले पुस १५...
विराटनगर, १५ मंसिर–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको ‘रिङ रोड’ र रेल्वेको कामले गति लिने बताएका छन् । अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने उनले बताए । मोरङको कटहरी...
सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश, जिल्ला र स्थानीय तहबाट समेत लकडाउन कडाइका साथ लागूू गर्ने निर्णाय गरेको हो । यसअनुसार एक जिल्लाबाट अर्को जिल्लामा पनि जाज पाइनेछैन...
विराटनगर, १४ पुस-प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मंगलबार विराटनगरमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह मोरङले संयुक्त शक्ति...
विराटनगर । कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आइतबार भएको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित...