लाईसेन्सको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै खारेजीको माग

 न्यूज विराट
लाईसेन्सको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै खारेजीको माग

विराटनगर, २८ पुस-सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै नेकपाको दाहाल नेपाल समूहको अनेरास्ववियूले प्रदेश १ को प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराउदै निर्णय खारेजीको माग गरेको छ।

प्रदेश १ सरकारले पुस १५ गते निजि क्षेत्रका ट्रायल सेन्टरहरुको स्तर उन्नती गर्न निजि सेन्टरमा परीक्षा गराउने गरि मातहत निकायमा परिपत्र गरिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेको हो ।

प्रदेश सभा सचिवालयका सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गनगाईलाई विद्यार्थी नेता ओसिम आलमको नेतृत्वमा गएको टोलीले निर्णय बदरको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा निजि ट्रायल सेन्टरबाट परीक्षा गराउने नाममा ट्रायल सेन्टरहरुमा सिन्डिकेट निर्माण हुने, सेन्टर बाट जारी हुने सर्टिफिकेट नभएकाले परीक्षामा सामेल हुन नपाउने साथै सेन्टरकै सवारीबाट ट्रायल दिनु पर्ने भएकोले यसको प्रत्यक्ष भार सेवाग्राहीमा पर्ने उल्लेख गरिएको छ । विद्यार्थीहरुले अदृश्य लाभ लिन योजनाबद्ध ढङ्गले प्रदेश सरकारले भ्रष्टाचारलाई बढावा दिने मनसायले यो निर्णय गरेको आरोप समेत लगाएका छन ।

ज्ञापन पत्रमार्फत प्रदेश सरकारले आफनो ब्यक्तिगत फाइदाका कारण आम नागरिकहरुले सहजै राज्यबाट प्राप्त गर्ने सेवालाई कुन्ठित बनाउने गरि मुख्यमन्त्री बाट गरिएको उक्त निर्णय बदर गराई सत्यतथ्य छनबिन गरि दोषी उपर कानुनी कार्वाहीको माग समेत गरिएको छ । उक्त ज्ञापनपत्र बुझदै सभापति सिंहले यस बिषयमा सत्यतथ्य कुराको पत्ता लगाई जनताले सहज रुपमा सेवा पाउने वातावरण निमार्ण गर्ने बिश्वास दिलाएका छन् ।

सम्बन्धित समाचार

नेकपा विवाद सचिवालय बैठकमा लैजाने

काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा...

सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...

कृतिका एजुकेशनले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन प्रालि ले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिलगर्दै क्याम्ब्रिज अन्तर्राष्ट्रिय विद्यालयको रूपमा औपचारिक मान्यता प्राप्त गरेको छ ।क्याम्ब्रिज इन्टरनेशनलले २०२५ अप्रिल ३० मा कृतिका फाउण्डेशनलाई प्रमाणपत्र प्रदान गर्दै...

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन-जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवलाई कोरोना भाररस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार साँझ आएको रिपोर्टमा उनमा काेराेना पोजिटिभ देखिएको हो ।   नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आफूमा कोरोना संक्रमण पुष्टि...

थप १७९० जनामा कोरोना पुष्टि, २७९१ डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २...

‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’

काठमाडौं, २५ जेठ-आज विश्व खाद्य दिवस । ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मनाइँदै छ । दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देश तथा विदेशमा रहेका सबै नेपालीलाई खाद्य दिवसको...

अप्रेसनमा खटिएका प्रहरीमाथि सुनसरीको बर्जुमा आक्रमण, अज्ञात समूहले लुटे हतियार

विराटनगर । सुनसरीको दक्षिण क्षेत्रमा विशेष अप्रेसनमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी अज्ञात समूहले हतियार लुटेका छन् । सुनसरीको बर्जु गाउँपालिका १ शुक्रबारेमा डियुटिमा रहेका सादा पोसाकका प्रहरीलाई शुक्रबार राती १२ बजे आक्रमण गरी...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई नेपाली कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्