रिङ रोड र रेल्वेको का चाँडै अघि बढ्छः मन्त्री घिमिरे - News Birat

रिङ रोड र रेल्वेको का चाँडै अघि बढ्छः मन्त्री घिमिरे

न्यूज विराट

विराटनगर, १५ मंसिर–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको ‘रिङ रोड’ र रेल्वेको कामले गति लिने बताएका छन् । अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने उनले बताए । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अव निर्माणले चाडै गतिलिने मन्त्री घिमिरेले बताए । मुआव्जाको विवाद समाधान तर्फ गएको उनले जानकारी दिए ।

रिङ रोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने मन्त्री घिमिरेले विश्वास व्यक्त गरे । कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले मोरङको कटहरीले इतिहासमा अहिले सम्म नपाएको बजेट पाईरहेको बताए ।

‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन बर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका छन् ।’ मन्त्री घिमिरेले भने । तीन बर्षको अवधि भित्रमा कटहरीको विकासले गति लिएको मन्त्री घिमिरेले बताए ।

कार्यक्रममा बार्षिकोत्सवको अवसरपारि आयोजित टेवल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गरेका थिए । उनले संसद विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लव मार्फत खेलाडीहरुलाई वितरण गरिएको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles