टिपरको ठक्करबाट एकको मृत्यु, हरैंचा बजार तनावग्रस्त

 न्यूज विराट
टिपरको ठक्करबाट एकको मृत्यु, हरैंचा बजार तनावग्रस्त

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएपछि क्षेत्र तनावग्रस्त बनेको छ। टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भीडले शव सडकमा राखेर प्रदर्शन गर्दै विराटनगर–विराटचोक सडक खण्ड पूर्णरूपमा अवरुद्ध पारेका छन्।
मोरङ प्रहरीका अनुसार बिहान करिब १०ः५० बजे विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको ना १ क ६२७० नम्बरको टिपरले सोही दिशाबाट गइरहेको प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक, सुनसरीको दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको पुष्टि प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले गरे।

दुर्घटनापछि आक्रोश
दुर्घटनापछि स्थानीयवासीहरू घटनास्थलमा भेला भए। मृतकको शव सडकमै राखेर प्रदर्शन सुरू गरिएको छ। भीडले टिपरको तीव्र गति र बेवास्ताका कारण दुर्घटना भएको भन्दै आक्रोश पोखेका छन्। आन्दोलित स्थानीयले सवारी रोक्का गर्दै प्रदर्शन चर्काउँदै लगेका छन्।
भीड झन आक्रामक हुँदै गएपछि प्रहरीले ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेको छ। भिडले टिपरमा आगजनी गर्ने प्रयाससमेत गरेको जानकारी दिँदै डीएसपी जोशीले भने, ‘टिपरलाई सुरक्षाका बीच घटनास्थलमै सुरक्षित राखिएको छ। भिडलाई नियन्त्रणमा लिन प्रहरी टोली जुटिरहेको छ।’

आन्दोलनका मागहरू
प्रदर्शनकारीहरूले मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दुर्घटनामा संलग्न टिपर चालकलाई कडा कारबाही गर्नुपर्ने, तथा टिपर सञ्चालनमा नियन्त्रण गर्नुपर्ने माग अघि सारेका छन्। उनीहरूको आरोप छ कि हरैंचा बजार क्षेत्रमा टिपरहरू तीव्र गतिमा गुड्ने, नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दो छ र यसले सर्वसाधारणको ज्यान जोखिममा पारिरहेको छ।

स्थानीय बासिन्दा रमेश चौधरी भन्छन्, ‘हामी दिनहुँ यस्तै तीव्र गतिका टिपरबाट त्रसित छौं। आज हाम्रै छिमेकीको मृत्यु भयो, भोलि कसको पालो आउँछ भन्ने चिन्ता छ।’

चालक पक्राउ, अनुसन्धान अघि बढ्दै
घटनामा संलग्न टिपरका चालक पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर कान्छाराम कन्स्ट्रक्सनको नाममा दर्ता रहेको र विराटनगरका अभिषेक गिरीले निर्माण सामग्री ढुवानीका लागि भाडामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। टिपरमा गिट्टी लोड गरिएको थियो।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार, तीव्र गतिका कारण मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। अनुसन्धानलाई तीव्र बनाउँदै दोषीमाथि कानुनी कारबाही गर्ने प्रहरीको भनाइ छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रयास
प्रदर्शनका कारण विराटनगर–विराटचोक सडक खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ। सवारीसाधनलाई वैकल्पिक मार्गमार्फत ‘डाइभर्ट’ गरिएको ट्राफिक प्रहरीले जनाएको छ। भिडलाई सम्झाइबुझाइ गर्न डीएसपी मदन केसी नेतृत्वको टोली खटिएको छ। डीएसपी जोशीले भने, “हामीले थप प्रहरी खटाएका छौं। भिडलाई शान्त पार्न प्रयास जारी छ। स्थानीयसँग संवाद गरेर स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ।”

सम्बन्धित समाचार

मंगलबार थप १५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं, ६ साउन-मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १५०...

मजदुर नेता राय मोरङको क्षेत्र नं. ६ मा उठ्ने

विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् । विद्यार्थी...

भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी

काठमाडाैं, ३२ जेठ-१ असारदेखि काठमाडौंका सपिङ मलहरू खुल्ने भएका छन् । आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् । लकडाउन लम्बिदै...

प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय...

धनुषामा हावाहुरी र असिनासहित भीषण वर्षा

जनकपुर, १२ वैशाख-धनुषामा हावाहुरी र असिनासँगै भीषण वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । आधा किलोसम्मको असिनाले बालीनालीमा क्षति पुर्‍याएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरमा असिनाले सयौं घरको छाना प्वाल पारेको छ ।...

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...

अध्यादेश फिर्तालगत्तै ओली, प्रचण्ड र देउवाबीच बालुवाटरमा भेटवार्ता

काठमाडौं, १२ वैशाख-सरकारले विवादित अध्यादेश फिर्ता लिन निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग भेट गरेका छन् । ओली, प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवासमा...

‘सत्ताको आडमा प्रकाशित समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप’

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्