‘सत्ताको आडमा प्रकाशित समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप’

 न्यूज विराट
‘सत्ताको आडमा प्रकाशित समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप’

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै न्युज पोर्टल काठमाण्डुप्रेसडटकमको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी प्रकाशित समाचार हटाउन दबाब दिने र आनाधिकृत तरिकाले पोर्टलमा छिरेर समाचार हटाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहाकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको थियो ।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ ।’

महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । साथै, भविष्यमा यस किसिमका प्रेस स्वतन्त्रताविरोधी कार्य दोहोरिन नदिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्वाधरूपमा काम गर्ने वातावण निर्माण गर्न महासंघ सरकारसँग माग गरेको छ ।

साइट डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज प्रालिले समाचार पोर्टलभित्र प्रवेश गरी समाचार हटाएको काठमाण्डुप्रेसडटकमको भनाइ छ ।

काठमाण्डुप्रेसडटकमको साइट डेभलपमेन्ट र डिजाइनको काम गर्ने भनिएको शिरान टेक्नोलोजीज प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्ट रहेको र सो कम्पनीका सेयरधनी अस्गर अली प्रधानमन्त्री ओलीका आइटी सल्लाहकार छन् । काठमाण्डुप्रेसडटकमले प्रकाशित गरेको समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको नामसमेत मुछिएको छ ।

त्यसैगरी, काठमाण्डुप्रेसडटकमको प्रकाशित गरेको हटाइएको प्रति अनलाइन पत्रकार संघले पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनधिकृत रूपमा समाचार हटाउने कार्यमा देशको कार्यकारी प्रमुखको सल्लाहकारको समेत नाम जोडिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर भइदिन अनुरोध गरेको छ ।

‘नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गर्न विशेष र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका प्रधानमन्त्री स्वयंका सल्लाहकारको नाम यो घटनामा मुछिँदा पनि प्रधानमन्त्रीबाट केही प्रतिक्रिया नआउँदा सम्पूर्ण अनलाइन संचारकर्मी आश्चर्यमा परेका छौँ’ विज्ञप्तिमा भनिएको छ ।

वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाउनु आफैँमा गलत कार्य भएको भन्दै पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गरी नागरिक अधिकार कुण्ठित गर्ने प्रयासको रुपमा संघले बुझेको छ ।

‘प्रकाशित समाचारमा चित्त नबुझे लिनुपर्ने बाटोको बारेमा कानुनले स्पष्ट गरेकै छ । समाचारमा कहीँ त्रुटी वा कमजोरी भए, त्यसलाई सच्याउन वा कानुनी सजाय भोग्न सम्बन्धित संचारमाध्यम तयार हुनुपर्छ’ अगाडि भनिएको छ, ‘तर कानुनी उपचार खोज्नुको साटो साइटभित्र प्रवेश गरी समाचार नै हटाउने कार्य गलत भएको हाम्रो ठहर छ ।’

घटनामा छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिन यस्ता कार्य नगर्न नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत अनलाइन पत्रकार संघ गराएको छ । अबका दिनमा अनलाइन संचारमाध्यमहरूले पनि साइट डेभलपरसँग कानुनी रुपमा स्पष्ट सम्झौता गरी काम गर्न गराउन र सचेत हुन पनि सरोकारवाला सबैसँग आग्रह गरेको छ ।

सम्बन्धित समाचार

आज महानवमी पर्व, तलेजु भवानीको मन्दिर नखुल्ने

काठमाडौं, ९ कात्तिक-आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट भाेलि हुँदै

काठमाडाैं, २४ वैशाख-संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे छ । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भाेलि बिहान १० बजेदेखि सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे हाे ।

सुन्दरहरैँचामा मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर, ९ फागुन । मोरङको सुन्दरहरैँचामा नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगर कमिटी गठन भएको छ । सोमबार नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डीतको प्रमुख आतिथ्यतामा सम्पन्न...

ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।  ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।  प्रतियोगितामा विज्ञान...

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

धनुषामा गोली प्रहरी गरी युवकको हत्या

धनुषा, २८ जेठ-धनुषाको सबैलामा गएराती गोली प्रहारबाट १ युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका-७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज...

दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १०औँ स्थानमा छन् । दीपेन्द्रको...

सरकारद्वारा विज्ञापन बोर्ड गठन, पाँच सदस्य नियुक्त

काठमाडौं, १५ मंसिर-नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्