भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी - News Birat

भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी

न्यूज विराट

काठमाडाैं, ३२ जेठ-१ असारदेखि काठमाडौंका सपिङ मलहरू खुल्ने भएका छन् । आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् ।

लकडाउन लम्बिदै जाँदा घरभाडा, बैंकको ब्याजदर तथा राज्यलाई कर समेत तिर्न नसक्ने अवस्था आएकाले व्यवसाय खोल्नुको विकल्प नभएको भन्दै व्यवसायीहरूले मलहरू सञ्चालन गर्न लागेकाे बताएका छन् ।

उनीहरूले सरकारले अन्य पसलहरू सञ्चालन गर्न दिने तर सपिङ मलहरू सञ्चालन गर्न नदिने गरी गरेको निर्णयको विरोध गर्दै कोभिड-१९ बाट बच्न न्यूनतम स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मलहरू खोल्ने निर्णय गरेका हुन् । व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्क लगाउने, स्यानिटाइजको प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था मिलाउने बताएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles