विराटनगरमा ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ संचालनमा

 न्यूज विराट
विराटनगरमा ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ संचालनमा

विराटनगर । विराटनगर ११, जनपथ टोलमा आज ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ नामक नयाँ तथा अत्याधुनिक मनोरञ्जन केन्द्र संचालनमा आएको छ । विकास गुरुडद्वारा सुरु गरिएको यस व्यवसायको शुभारम्भ नेपाली चलचित्रका चर्चित नायक धिरेन शाक्यले उद्घाटन गरेर बुधबारदेखि संचालनमा आएको हो ।

कार्यक्रममा स्थानीय युवा, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन समारोहमा अभिनेता शाक्यले स्वदेशमै नयाँ अवसरहरू सिर्जना गर्दै युवाहरूलाई सिर्जनशीलता र आत्मनिर्भरताको बाटोमा डोऱ्याउने यस्ता पहलहरू अत्यन्त सराहनीय भएको बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि धिरेन शाक्यसँगै नेकपा एमाले कोशी प्रदेश सदस्य सन्तोषी श्रेष्ठको पनि विशेष उपस्थिति रह्यो। मन्तव्य राख्दै श्रेष्ठले भनिन्, “विकास गुरुडजस्ता युवाहरूले सुरु गरेको यस्ता नविन व्यवसायले मुलुकमा रोजगारी सिर्जना गर्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो टेवा पुर्‍याउँछ। यस्तो सकारात्मक सोच भएका युवाहरू हाम्रो समाजका लागि प्रेरणाको स्रोत हुन्।”
कार्यक्रममा युवा नेता वसिम आलमको पनि सहभागिता रहेको थियो।

‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ मा स्केट जोन, भर्चुअल रियालिटी गेमिङ र अन्य अत्याधुनिक मनोरञ्जनका प्रविधिहरू उपलब्ध गराइएका छन्, जसले विशेषगरी बालबालिका, किशोर–किशोरी तथा युवाहरूलाई लक्षित गरेको छ।

व्यवसायका संस्थापक विकास गुरुडले उद्घाटन समारोहमा मन्तव्य दिँदै भने, “देशमै बसेर पनि नयाँ र विश्वस्तरीय अनुभव दिने प्रयास गरेका छौं। युवाहरूका लागि सिक्ने र रमाउने दुबै माध्यमको संयोजन हो यो केन्द्र।”

यस प्रकारका व्यवसायहरूले विराटनगरमा नवीनतम प्रविधिको प्रयोगमार्फत मनोरञ्जन क्षेत्रमा नयाँ युगको थालनी गर्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु

संखुवासभा– संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १...

गाई र गोरु काटेको अभियोगमा ९ जना पक्राउ

विराटनगर, ५ जेठ-गाई र गोरु काटको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी झापाबाट २ जना र खोटाङबाट ७ जनालाई पक्राउ गरेको हो । झापा दमक बेलडागी–२ भुटानी शरणर्थी शिविरस्थितए घरमा...

प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने

विराटनगर, १४ जेठ-आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत...

बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद...

‘३० दिन भित्रमा विश्वासको मत लिन्छु’ : नवनियुक्त मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्तमुख्यमन्त्री उद्धब थापाले ३० दिनभित्रविश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।उनले सभामुखले वर्तमान सरकार गठनका...

प्रदेश राजधानीको स्यायी संरचनाका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने

विराटनगर, फागुन १४–विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आबश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आबश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तत्पर...

भोलीदेखि सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै...

समाजसेवी गोयलले भद्रपुरमा विपन्न परिवारको ११ वटा घर बनाइदिने

विराटनगर । समाजसेवि दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अति विपन्न माझि परिवारका लागि ११ वटा घर बनाइदिने भएका छन् । गोयलले बनाइदिने घरको शिलन्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो । भद्रपुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्