प्रदेश राजधानीको स्यायी संरचनाका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने

 न्यूज विराट
प्रदेश राजधानीको स्यायी संरचनाका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने

विराटनगर, फागुन १४–विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आबश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आबश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तत्पर रहेको जनाएको हो ।

विराटनगर महानगरले नगरका विभिन्न स्थानमा रहेका ऐलानी तथा सरकारी स्वामित्वका जग्गाहरू प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि प्रयोग गर्न प्रस्तावसमेत गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकाका विभिन्न वडामा सरकारी स्वामित्वका प्रर्याप्त जग्गाहरू रहेकाले त्यस्ता जग्गाहरूमा राजधानीका स्थायी संरचना बनाउन सकिने बताए ।

उनले प्रदेश सरकारलाई आबश्यक परे थप जग्गासमेत महानगरपालिकाले खरिद गरेर उपलब्ध गराउने बताए । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश राजधानीका लागि स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग छलफल गर्ने बताउनुभयो । भण्डारीले प्रदेशसभाका लागि र्बैठक हल साँघुरो भएकाले तत्कालै हलको व्यवस्था गर्नेबारे प्रदेशसरकारसँग छलफल पनि भइसकेको जानकारी दिए ।

राजधानी तोकिइसकेकाले त्यसै अनुरुपका संरचना बन्न जरुरी रहेको भण्डारीको भनाई छ । विराटनगर महानगरपालिकाले बुझाएको ज्ञापनपत्रमा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानका जग्गामा प्रदेशको स्थायी संरचना निर्माणको प्रस्ताव गरिएको छ । वडा नम्बर १ देखि १९ सम्मका उपयुक्त जग्गामा प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्नसक्ने महानगरपालिकाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

मिक्लाजुङका शिक्षक हत्याका आरोपी विप्लव समुहका मोरङ इन्चार्ज पक्राउ

विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला इन्चार्ज पक्राउ परेका छन् । ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक हतियारसहित पक्राउ परेका हुन् । उनलाई मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले पक्राउ...

उपचारपछि घर फर्किए ७ लाख १७ हजार कोरोना संक्रमित

काठमाडौं, ११ वैशाख-विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ७ लाख १७ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोनाको संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी जर्मनीमा छन् । त्यहाँ १ लाख...

उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ मंसिर-काठमाडौं उपत्यकामा आज ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ सय ४८ पुरुष र ३ सय ६१ महिला हुन् । आज काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा...

मोतिपुरमा झडप, प्रहरीले चलायो गोली

रूपन्देहीको मोतिपुर औद्योगित क्षेत्रमा बसेकाहरू र प्रहरीबीच झडप झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर केही व्यक्ति घाइते भएका छन् । सो स्थानमा बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा झडप भएको...

पाकिस्तानमा लकडाउनको अवधि थप

एजेन्सी, बैशाख १३-पाकिस्तानमा लागू गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नुपरेको सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानी सरकारले आगामी ९ मेसम्मका लागि लकडाउन लागू भइरहने...

सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

विराटनगर, जेठ २९–कोरोना भाईरस महामारीको जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले खर्च गरेको १० अर्व कहाँ गयो भन्दै विराटनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएका छन् । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा विभिन्न संघसंस्थामा...

सीमावर्ती जंगलमा नेपालीको गोली हानी हत्या

बर्दीया, १७ असार । बर्दियाको नेपाल–भारत सीमाक्षेत्रको जंगलमा निउरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार भएको छ । बिहीबार साँझ बर्दियाको गुलरिया नगरपालिका– ३ का ५४ वर्षीय हेमराज गोडियालाई गोली हानिएकाे हो ।उनीमाथि भारतीय वनरक्षकले...

लियो क्लबद्वारा स्वीटर वितरण

    बेलबारी । लियो क्लब अफ बेलबारीले विद्यालयका बालबालिकाहरुलाई न्यानो स्वीटरका साथै शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी बेलबारी–८ स्थित सुकुना आधारभुत विद्यालयका ४१ जना विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्