सेन्ट जोसेफ स्कूलमा ग्राजुएसन

 न्यूज विराट
सेन्ट जोसेफ स्कूलमा ग्राजुएसन

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कूलमा प्रि स्कुल विद्यार्थीहरूको ग्राजुएसन समारोह सम्पन्न भएको छ। स साना विद्यार्थीहरू, अभिभावकहरू र शिक्षकहरूको उपस्थितिमा विद्यालयको प्रारम्भिक शैक्षिक यात्राको समापन मनाइएको हो।

समारोहका प्रमुख अतिथि प्रधानाध्यापक एडोल्फ रोपरकले अभिभावकहरूप्रति आभार प्रकट गर्दै विद्यालयको शिक्षा प्रणालीबारे मन्तव्य व्यक्त गरे। ‘अभिभावकहरूसँगको समन्वयमा सेन्ट जोसेफ स्कूलले हाम्रो क्षेत्रमै उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ,’ उनले भने ।

शिक्षण पद्धतीमा विद्यालयले अपनाएको दृष्टिकोण उल्लेख गर्दै उनले थपे, ‘हामी सिकाइलाई व्यवहारमा लागू गर्दै शिक्षण गरिरहेका छौं।
हामीसँग उत्कृष्ट पूर्वविद्यार्थी, अनुभवी शिक्षकहरू छन् र विद्यालय अत्यन्त राम्रो व्यवस्थापनसहित सञ्चालन भइरहेको छ।’

सेन्ट जोसेफ स्कूलले सम्पूर्ण विद्यार्थीहरू र तिनीहरूको अभिभावकहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। यो समारोहले प्रि स्कुलको अन्त्य मात्र नभई शिक्षाको दीर्घ यात्रा सुरु भएको संकेत पनि दिएको छ।

सम्बन्धित समाचार

विराटनगरमा ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ संचालनमा

विराटनगर । विराटनगर ११, जनपथ टोलमा आज ‘सृष्टि क्रिस्टी एसके स्केट जो एण्ड वीआर’ नामक नयाँ तथा अत्याधुनिक मनोरञ्जन केन्द्र संचालनमा आएको छ । विकास गुरुडद्वारा सुरु गरिएको यस व्यवसायको शुभारम्भ नेपाली चलचित्रका चर्चित नायक...

नवराज विक हत्या प्रकरण : वडाअध्यक्षसहित २४ जनालाई जन्मकैद

विराटनगर । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको...

मन्त्रिपरिषद् बैठक सुरुहुँदै ‘लकडाउन’ अवधि बढाउने तयारी

काठमाडौं, २ वैशाख-सरकारले पछिल्लो पटक तोकेको ‘लकडाउन’को अवधि १ दिनमात्र बाँकी रहेको अबस्थामा मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको छ ।प्रधामन्त्री निवासमा बालुवाटारमा बस्ने बैठकमा ‘लकडाउन’को अवधि थप १ देखि २ सातासम्म थप्ने लगायतका केही महत्वपूर्ण...

रघुराम श्रीनिवास क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा नियुक्त

काठमाडौं, १७ माघ । राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आईसीसी टी–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त...

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई...

जातीय विभेद गर्ने डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही गर्न मुक्ति समाजको माग

विराटनगर । जातीय विभेद गर्ने हल्दीबारी गाँउपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही गर्न नेपाल उत्पीडित जातीय मुक्ति समाजले माग गरेको छ । शुक्रबार मुक्ति समाज नेपालका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले विज्ञप्ती जारी...

यो वर्ष एसईई नहुने, विद्यालयको मूल्यांकलनलाई मान्यता

काठमाडौं, २८ जेठ-यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष कोरोना भाइरसका कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्यांकलनलाई आधार मान्ने निर्णय गरेको हो । अब विद्यार्थीलाई...

मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस वर्षको 'महामूर्ख' उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषद्ले होली पर्वको अवसर पारेर आइतबार मह जोडीलाई सो उपाधि प्रदान गरेको हो । त्यस्तै प्रदेश- २ का...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्