यो वर्ष एसईई नहुने, विद्यालयको मूल्यांकलनलाई मान्यता - News Birat

यो वर्ष एसईई नहुने, विद्यालयको मूल्यांकलनलाई मान्यता

न्यूज विराट

काठमाडौं, २८ जेठ-यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष कोरोना भाइरसका कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्यांकलनलाई आधार मान्ने निर्णय गरेको हो ।

अब विद्यार्थीलाई प्रमाणपत्र दिनको लागि कानुन संशोधन गर्नुपर्ने हुन्छ । शिक्षा ऐन २०२८ को आठौँ संशोधनको दफा ४  लाई खारेज गर्नुपर्ने हुन्छ । गत ६ चैतका लागि तोकिएको परीक्षा ५ गते स्थगित भएको थियो । यो वर्ष एसईई दिने ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles