स्रोत नखुलेको सात लाखसहित भारतीय पक्राउ

 न्यूज विराट
स्रोत नखुलेको सात लाखसहित भारतीय पक्राउ

विराटनगर । स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित प्रहरीले प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विराटनगरबाट शुक्रबार दिउँसो भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले श्रीवास्तवलाई विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँ बरामद भएको जोशीले बताए । उनका अनुसार श्रीवास्तवको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बरामद भएको छ ।
अवैध रकम बरामद भएपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ ।
उनले उक्त नोट कहाँबाट ल्याएका हुन् भन्ने यकिन भइसकेको छैन । इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार

मोरङ ४ मा सत्ता गठबन्धनको चुनावी अभियान तीव्र (फोटो फिचर)

विराटनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं। ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले...

अरनिको कलेजले जित्यो हिसान क्रिकेटको चौथो उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार भएको क्रिकेट खेलमा अरनिको कलेज विजयी भई उपाधि जितेको छ । अरनिकोले वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा २ वर्षपछि हिसान खेलेको...

आईजीपी ज्ञवालीले लगाइदिए बढुवा भएका तीन जना एआईजीलाई फुली

३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) लाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी नायव महानिरीक (डीआईजी) पदबाट एआईजीमा बढुवा भएका हरिबहादुर पाल, शैलेस थापा क्षेत्री र तारिणी प्रसाद लम्साललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले...

मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना

विराटनगर, जेठ १२–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा...

प्रदेश १ मा र्यापिड डाइग्नोष्टिक टेस्ट सुरु

विराटनगर, चैत २९–प्रदेश १ मा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक परिक्षण पनि सुुरु भएको छ । यो छरितो तरिकाबाट कोरोना भए नभएको परीक्षण गर्ने विधि हो । स्वास्थ्यकर्मीले संकलन गरेको कूल ९३...

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, २० वैशाख-देशमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको...

पाँचौ मिल्स गोल्डकप सुरू, उद्घाटनमा फ्युजन फुटबल क्बलको विजय सुरूवात

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा...

विश्व नेवा दिवसमा झी : पुचलाई सम्मान

विराटनगर । विश्व नेवा दिवसको अवसर पारेर झी : पुच नेपाल भाषा तथा सांस्कृतिक संघ विराटनगरलाई सम्मान गरेको छ । विश्व नेवा अर्गनाइजेशनले ललितपुमा एक भव्य कार्यक्रम आयोजना गरी झी : पुचलाई सम्मान गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्