इण्डो नेपाल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा होराइजनको विजय सुरूवात

 न्यूज विराट
इण्डो नेपाल क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा होराइजनको विजय सुरूवात

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब जोगवनीलाई फराकिलो १०७ रनको अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१९ रनको विशाल स्कोर बनायो । होराइजनका मीनाश थापाले आक्रमक ब्याटिङ गर्दै ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरी ५२ रनको अर्धशतकीय पारी खेले । उनको साथ अभिषेक कार्कीले अविजित १५ बलमा ४६ रन बनाए, जसमा ३ छक्का र ६ चौका प्रहार गरे । फिरदोश अन्सारीले पनि अविजित ३० बलमा १ छक्का र ५ चौकाको मद्दतले ४१ रनको योगदान दिए भने अटल साहले १५ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाए । जोगवनीका बलर अभिषेक राजाले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।
२२० रनको विशाल लक्ष्य पछ्याएको प्रशान्त क्रिकेट क्लब जोगवनीले दबाबमा परेर मात्र १४.१ ओभरमा सबै विकेट गुमाइ ११२ रनमा अलआउट भयो । जोगवनीका अमन राजले १७ बलमा २८ रन बनाए भने आदित्य राजले ७ बलमा १७ रन र असफाक अन्सारीले ११ बलमा १२ रनको योगदान दिए । टोलीका अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।
विजेता टोली होराइजनका दिपेश कन्डेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । फिर्दोस अन्सारीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने मीनाश थापाले २ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका मीनाश थापा खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरूप नगद तीन हजार एक सय रुपैयाँ प्राप्त गरे ।
विजयपश्चात् होराइजन क्रिकेट क्लबका कप्तान मीनाश थापाले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘हामीले टिमको सामूहिक प्रदर्शनका कारण आज विजय हासिल गर्न सफल भयौं । आफुसहित अभिषेक र फिरदोशले ब्याटिङमा देखाएको आक्रामक खेल र त्यसपछि बलिङमा गरेको कसिलो प्रदर्शनले हामीलाई जित दिलायो,’ उनले भने ।
आइतबार दुई वटा खेलहरू हुनेछ । पहिलो खेल भारतको दिल्ली युथ क्लब र फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाबीच हुनेछ भने सोही दिन हुने दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णियाबीच हुने आयोजकले जनाएको छ ।
मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताभर सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरी २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसका साथै, प्रतियोगिताको सर्वाधिक रन बनाउने ‘बेस्ट ब्याटर’ र सर्वाधिक विकेट लिने ’बेस्ट बलर’लाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।


चौथो संस्करणको यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमहरूको सहभागिता रहेको छ । प्रतियोगिता आगामी चैत ३० गतेसम्म सञ्चालन हुनेछ । मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगर क्षेत्रमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि विगत वर्षहरूदेखि आयोजना हुँदै आएको छ ।
यस प्रतियोगिताको मुख्य उद्देश्य नेपाल र भारतका स्थानीय क्रिकेट टिमहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नुका साथै युवा क्रिकेट खेलाडीहरूको प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरमा अवसर प्रदान गर्नु हो,’ सचिव श्रेष्ठले भनिन् ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन र मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजनामा भएको यस प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले गरे । उद्घाटन समारोहमा बोल्दै उनले कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि यस प्रकारका प्रतियोगिताहरुको महत्वपूर्ण भूमिका रहने बताए । ‘कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि नेपाल र भारतबीचको यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउँछ,’ बस्नेतले भने, ‘यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउने अवसर प्रदान गर्दछ । प्रदेश सरकारले क्रिकेटलगायत सबै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा विशेष ध्यान दिइरहेको छ ।’

सम्बन्धित समाचार

युवती मृत अवस्थामा फेला

विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...

प्रदूषण फैलाउने महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग

विराटनगर । विराटनगरका उद्योगी पारस लोनियाले मोरङको बुढीगंगा गाउँपालिका ३ मा संचालन गरेको महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीयोग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन...

चौरजहारी घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति

काठमाडौं, १३ जेठ-सरकारले चौरजहारी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा गत शनिबार भएको घटनामाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले बताएका हुन् ।...

संघ र प्रदेशबीच समन्वय हुनुपर्‍यो : मन्त्री घिमिरे

विराटनगर, ४ वैशाख-प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताएका छन् । संघीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको उनले...

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार, तीन वर्षमा २४८ जनाको शल्यक्रिया

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसील भएका विरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा....

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त 

काठमाडौं, ८ साउन-सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् । श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला आज जेलमुक्त भएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई...

कोशीमा खसेको ट्रक एकदिनपछि निकालियो

विराटनगर । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एकदिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो । क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई विभिन्न २२ अवार्ड

विराटनगर, १२ आसार । विभिन्न सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन उत्कृष्ट बनेको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको डाउनटाउन यस वर्ष उत्कृष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्