विराटनगरको नोबेल हस्पिटलमा उपचारमा चरम लापरवाही गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर
बिहिबार, २१ चैत, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर – ४ कन्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालमा उपचारमा गम्भिर लापरवाही गरेको कारणले एक जना विरामीको मृत्यु भएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् । सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले उपचारमा लापरवाही भएको आरोप लगाउँदै नोबेल हस्पिटलसहित उपचारमा संलग्न चिकित्सक फोक्सो रोग विशेषज्ञ डाक्टर रामहरी घिमिरे र डा. रुपक केसीविरुद्ध मोरङ अदालतमा बुधबार फिराद पत्र दर्ता गरेका हुन् । मृतककी श्रीमान महेश्वर पोखरेलको जाहेरीमा मोरङ अदालतमा संविधानको धारा ४२ (२),उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति मागेको छ । पाँच करोड रुपैयाँ क्षतिपूर्तिमार्फत विपक्षीबाट असुलउपर हुनुपर्ने मागदाबी फिरादपत्रमा गरिएको छ ।अदालतले पीडित परिवारलाई जेठ ६ गते तारिख दिएको छ ।
गत माघ १० गते सुनसरी इनरुवाकी विमला थापा पोखरेललाई सामान्य श्वासप्रश्वासको समस्या देखिएपछि नोबेल हस्पिटलको ओपीडिमा आएकी थिइन् । त्यसपछि उनलाई हस्पिटलमा भर्ना गरियो । नोबेल मेडिकल कलेजका प्रचार्य समेत रहेका डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखाइ पनि निको पारिदिन्छु भनी उपचार गर्दा बिरामी आमाको माघ २१ गते मृत्यु भएको छोरा सुशान्त रमन पोखरेलको भनाई छ । ‘मोर्फिन’ नामक औषधि हाइडोज दिएको कारणले आमाको मृत्यु भएको उनको आरोप छ । ‘आमालाई आवश्यक भन्दा बढी औषधी दिएकोले मृत्यु भएको स्वास्थ्य क्षेत्रका चिकित्सकहरुले भनेका छन् । उपचारमा गम्भिर लापरवाही भएको छ,’ विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
विराटनगर, जेठ २५–प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । आइतबार विराटनगर महानगरपालिका–३ की २२ बर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सुनसरीको इनरुवा नगरपालिका–८ का...
काठमाडौं, १६ कात्तिक-सरकारले सरकारी अस्पताललाई धरौटी शुल्क नलिएर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।सरकारी निर्देशनअनुसार भन्दै विभिन्न सरकारी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको...
विराटनगर । मोरङको रंगेलीमा भक्का दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा ७ औँ राष्ट्रिय भक्का दिवस मनाइएको हो । नगर परिसरमा आयोजित कार्यक्रममा भक्काको व्यापार गरेर जिविकोपार्जन गर्ने उद्यमी महिलाहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार...
विराटनगर। ट्राफिक नियम उल्लंघन गर्ने मालवक र ठुला सवारी साधनमा ‘व्हिल लक’ लगाएर जिल्लाट्राफिक प्रहरी कार्यालय मोरङले कारवाहीको दायारमा ल्याउने गरेको छ । भारतबाटआएका ठुला सवारी साधनहरूले जथाभावी पार्किक गरी सवारी अवगमन अस्तव्यस्त गराउन थालेपछिपार्किङ...
विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ ।कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको...
विराटनगर । रोटरी क्लबअफ विराटनगर डाउनटाउनलाई सिद्धार्थ बैंकले सहयोग गरेको छ। बैकले एक कार्यक्रमकाबिच डाउनटाउनलाई ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको हो । डाउनटाउनले सिद्धार्थले उपलब्ध गराएको रकम इक्राहीमा बन्दै...
विराटनगर, २३ पुस । मोरङको सुनवर्षी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड अमरदहको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न...