६८ औँ सहकारी दिवसको अवसरमा विराटनगरमा मोटरसाईकल र्याली, हजार बढीको सहभागीता
सोमबार, १८ चैत, २०८१,
न्यूज विराट
विराटनगर । ६८ औँ सहकारी दिवसको अवसरमा विराटनगरमा बृहत मोटरसाईकल र्याली निकालिएको छ । सोमबार अपराहन्न विराटनगरस्थित पुष्पलाल चौकबाट निकालिएको बृहत मोटरसाइकल र्याली रोडशेष चोकमा सम्पन्न भएको थियो । र्यालीमा एक हजार बढी संख्यामा सहकारी अभियान्ता र सहकारीकर्मीहरुको उत्साहजनक सहभागीता रहेको थियो । र्यालीपछि आयोजित कोणसभामा संयोजक उमेश गुरु, दिवस मुल समारोह समिति संयोजक डिल्ली पोखरेल र राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए । र्यालीमा एक हजार बढीको सहभागीता रहेको जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड मोरङका अध्यक्ष माधव अधिकारीले जानकारी दिए । ६८ औं राष्ट्रिय सहकारी दिवस–२०८१ यस वर्ष पनि विराटनगरमा भव्यरुपमा मनाउन लागिएको छ । कार्यक्रमलाई भव्य बनाउन ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको संयोजक डा. डिल्ली पोखरेलले बताए । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । दिवस भव्य रुपमा मनाउन विभिन्न १२ वटा उपसमितिहरू गठन गरिएका छन्। यसै सन्दर्भमा चैत्र १९ गते मंगलबार साँझ ६ बजे महेन्द्र चौकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ । जसमा हजारौँ सहकारीकर्मीहरूको उपस्थिति रहने जनाइएको छ । प्रचार उपसमितिका सह–संयोजक अविनाश निधिका अनुसार मोरङ जिल्लाका करिब ९ सय सहकारी संघ÷संस्थाबाट हजारौँ सहकारीकर्मीहरू विराटनगरमा सहभागी हुनेछन्। यस भव्य कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
विराटनगर । २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था संचालनमा आएको छ । बुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत...
विराटनगर, ७ भदौ । मोरङमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका पूर्वजम्दार पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ का ५१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो...
लकडाउनका कारण मिथिलाञ्चलको महापर्व चैती छठ प्रभावित भएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घदिने कार्यक्रम हुँदा पोखरीमा प्रहरीले कसैलाई आउन दिइरहेको छैन । सामाजिक दुरी कायम राखेर घर–घरमा मात्रै मनाउन सबैलाई आग्रह गरेको जिल्ला प्रहरी...
नेकपा आधिकारिक रूपमा विभाजन नभइसकेको भन्दै प्रदेश १ कांग्रेसको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबारे कुनै निर्णय गर्न सकेन । नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएर प्रक्रियामा गएपछि मात्रै...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...
काठमाडौं, १ असोज । नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...
धनगढी, ६ असार-कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गएपछि आजदेखि नगरक्षेत्र सिल गरिएको छ।एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगर प्रमुख हरिसिंह साउँदले...
काठमाडौं, २५ जेठ-नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुसी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुसी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।...