२७ करोड ५५ लाखमा मोरङको टंकीसिनवारीमा खानेपानी आयोजना संचालन
शुक्रबार, १८ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित टंकीसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्था संचालनमा आएको छ । बुढिगंगा–३ नेमुवाले ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत लगानीमा उक्त संस्था शुक्रबारदेखि संचालनमा भएको हो ।
खानेपानी आयोजना ४५० घन मिटरको दई ट्याङी रहनुका साथै एक सय ६६ किलोमिटर पाइप विस्तारवाट सो गाउँपालिकाको वडा नं १,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी स्वच्छ र गुणस्तरीय पानी प्राप्त गर्न लाभान्वित भएका छन् । नवनिर्मित भवनको उद्घाटन खानेपानीमन्त्री राजेन्द्रकुमार राईले गरे । उनले कार्यक्रममा बोल्दै तीन तहको सरकारले जनतालाई स्वच्छ खानेपानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताए । उनले संविधान र कानूनमा भएको व्यवस्था अनुसार जनताको खानेपानीको समस्या हल गर्दै जाने बताए । मन्त्री राईले नागरिकको आर्थिक समृद्धिवाट मुलुकमा विकास निर्माण कार्य सुचारु एवं समयमा सम्पन्न गर्न सकिने हुनाले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि कायम गर्ने दीशातर्फ अगाडी बढनुपर्ने बताए । सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट,खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदार लगायतले जनसङ्ख्याको चापको वृद्धि अनुसार खानेपानीको आवश्यक्ता टड्कारो रहेको बताए ।
विराटनगर । मोरङमा पोलियो विरुद्ध आईपीभी राष्ट्रिय खोप कार्यक्रम जेठ १३ बाट सुरू हुने भएको छ । जेठ २२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियानमा मोरङमा ५२ हजार ३५२ जना बालवालिकालाई खोप लगाउने तयारी गरिएको...
काठमाडौं । नेपालमा पनि विद्युतीय मुद्रा (डिजिटल करेन्सी) प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी प्रयोगमा ल्याउन मुद्रा व्यवस्थापन विभागका अनुज दाहालको संयोजनमा अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययन सकेर...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले विद्यार्थीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।कक्ष ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशत...
कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना...
जनकपुर, फागुन ६–लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको...
विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड...
चितवन, ४ असार-चितवनको नारायणगढ-मुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती ब्यहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन...
काठमाडौं, ९ जेठ-नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट...