नेपालमा थप १५५८ जनामा कोरोना पुष्टि, १३५१ जना डिस्चार्ज - News Birat

नेपालमा थप १५५८ जनामा कोरोना पुष्टि, १३५१ जना डिस्चार्ज

न्यूज विराट

काठमाडौं, १ असोज । नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा २७४, ललितपुरमा ७० र भक्तपुरमा ५३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १३५१  जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles