
भारतमा ५० लाखभन्दा बढीले जिते कोरोना
एजेन्सी, १२ असोज-भारतमा कम्तीमा पनि ५० लाख कोरोना संक्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी...
लकडाउनका कारण मिथिलाञ्चलको महापर्व चैती छठ प्रभावित भएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घदिने कार्यक्रम हुँदा पोखरीमा प्रहरीले कसैलाई आउन दिइरहेको छैन ।
सामाजिक दुरी कायम राखेर घर–घरमा मात्रै मनाउन सबैलाई आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । अहिले पूजाभन्दा मानवता बचाउनु आवश्य रहेको उनले बताए । दर्जनौं पोखरीमा प्रहरी परिचालन दिएको छ ।
पोखरीहरुमा सुरक्षाकर्मी राखेपछि दर्जनौं व्यक्ति आ–आफनो घरमै छठ गर्ने तयारी गरिरहेका छन् । जनकपुरधाम–४ कि देवकी देवीले भनिन्, ‘के गर्ने पूजा छोड्न सकिँदैन घरको छतमै पोखरी जस्तो बनाएर छठ गरिरहेका छौं ।’
चार दिवसीय चैती छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिएने परम्परा रहेको छ ।
छठ पर्व पोखरीमै हुने भएकाले यसअघिका वर्षहरुमा पोखरीहरुमा विशेष तयारी हुने गथ्र्यो । पोखरीमै पर्व भएकाले केही समयका लागि भएपनि पोखरीमा जान दिनुपर्ने जानकी युवा कमिटीका सल्लाहकार सुशील कर्ण बताउँछन् ।
उनले यससम्बन्धमा प्रमुख जिल्ला अधिकारीसँग पनि कुरो गरेका छन् । सबैले नगर्न भनेको बताउँदै उनले भने, ‘मिथिलाको संस्कृतिमाथि आक्रमण भएको छ ।’
जनकपुरधामको गंगा सागर, रुक्मीणी सर, धनुष सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरीसहितका पोखरीहरु अहिले शान्त देखिएका छन् ।
छठमा केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुलासहित विभिन्न फलफूल लिएर भक्तजनहरुले सूर्यलाई अर्घ दिने गर्छन् । आदिकालमा सती अनुसुयाले रोग ग्रस्त पतिलाई निको होस् भनेर भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन् । त्यसैगरी महाभारत कालमा पाँच पाण्डवका द्रोपदीले कौरबलाई पराजित गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएको पौराणिक कालमा उल्लेख रहेको छ ।
छठ पूजा गर्नाले दुःख कष्टबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वास रहेको छ । छठ कातिक र चैत गरी दुई महिनामा मनाउने परम्परा रहेको संस्कृतिविद डा. भोगेन्द्र झाले बताए ।
एजेन्सी, १२ असोज-भारतमा कम्तीमा पनि ५० लाख कोरोना संक्रमित निको भएका बताइएको छ । भारतीय सरकारले त्यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी...
एजन्सी, बैशाख ७-कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसीपीप अनिल कोहलीको मृत्यु भएको छ । लुधियानाका एसीपी कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई लुधियानानको एससीएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो...
विराटनगर, ९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...
काठमाडौं, १० असार-नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले देशभर प्रर्दशन गर्ने निर्णय गरेको छ । अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रावधानको विरोध गर्दै जसपाले देशभर प्रदेश गर्ने निर्णय गरेको हो । आज प्रेस...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न समुदायका २० जना महिलालाई तीन महिने सिलाई कटाई तालिम दिएर मेशिन वितरण गरेको छ । विपन्न परिवारका महिलाहरुलाई शिप सिकाएर स्वरोजगार बनाउदै आर्थिकरुपमा सवल बनाउन तीन महिने...
भारतमा एकैदिन ३ लाख ३७ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घन्टामा ३ लाख ३७ हजार ७०४ संक्रमित थपिएका हुन् । याे संख्या अघिल्लाे दिनकाे तुलनामा ९ हजार...
काठमाडों, २१ जेठ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २२ जेठदेखि आफूले पाउने कुनै पनि खालका भत्ता नलिने घोषणा गरेका छन् । मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै यस्तो बेला आफूले कुनै पनि भत्ता नलिने उनको घोषणा...
काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.