नाबुन विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा बसन्ती गुरूङ

 न्यूज विराट
नाबुन विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा बसन्ती गुरूङ

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिमा नयाँ नेतृत्व चयन भएको छ ।
विराटनगरमा शनिबार सम्पन्न भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि सचिव रहेकी थिइन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सरिता राई, सचिव रन्जु कुमारी नायक, सह–सचिब अनुपमा पोवदार, कोषाध्यक्षमा मिना खनाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा पूर्णिमा साह, रश्मि कामत, सुनिता साह, सुजता श्रेष्ठ, अस्मिता मगर र दिपा अधिकारी, संगीता कामत, ललिता राम, जमुना तामाङ्ग, उर्मिला विक, यशोदा थापा र रचना श्रेष्ठ रहेकी छिन् ।

नवनिर्वाचित अध्यक्ष बसन्तीले सौन्दर्यकर्मीहरुको हकहितमा लागि परेर अगाडी बढने बताइन् । नवनिर्वाचित कार्यसमितिहरुलाई बधाइ ज्ञापन गर्दै नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेश युवा कमिटि अध्यक्ष तथा नावुन विराटनगरको निर्वतमान अध्यक्ष भली सुब्बाले सौन्दर्यकर्मीहरु एकताबद्ध भएर आफ्नो हकहितमा लाग्नुपर्नेमा जोड दिइन् । ‘हामी एकजुट हुनसक्यो भने हाम्रो अधिकार स्थापित हुन्छ । त्यसको लागि हामी सबै आफ्नो अधिकारको लागि लाग्नुपर्दछ,’ उनले भनिन्, ‘नावुन जहिले पनि जिफन्टको नीति र परिधमीमा रहेर आफ्नो काम कर्तब्य गरेर अगाडी बढनेछ ।’
कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले नावुनले योजना लिएर आए महानगरपालिसँग समन्वय र सहकार्य गरेर काम गर्ने बताइन् । महिलाहरुको नेतृत्व विकास लागि महानगरपालिका लागि पर्ने उनले बताइन् । कार्यक्रममा बोल्दै जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले राज्यले लागू गरेको योगदानमा आधरित सामाजिक सुरक्षा कोष कार्यन्वयन गरेर अगाडी बढनुपर्ने बताए ।
कार्यक्रममा नावुन केन्द्रीय सदस्य गंगा तामाङ, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, सायदा तवसुमलगायतले बोलेका थिए । सोही अवसरमा मजदुरहरुको हकहितमा लामोसमयदेखि काम गर्दै आएका मुरारी प्रसाद भट्टराई र नावुन कोशी प्रदेशको पुर्व उपाध्यक्ष ललिता धिमाललाई सम्मान गरिएको छ । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

भारतमा कोभिड-१९ को खोप केही हप्तापछि आउँछ : प्रधानमन्त्री मोदी

एजेन्सी, १९ मंसिर-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केही हप्तापछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयोजना भएको विपक्षी दलहरूसँगको बैठकका क्रममा सो कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीले...

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...

पौने तीन लाख घुससहित जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुई जना पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने तीन लाख घुस रकमसहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर...

आइटिएफ तेक्वाण्डो विभाग गठन : संयोजकमा अन्जना, उपप्रमुखमा चतुरलाल

विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो । आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुखमा चुतरलाल चौधरी...

विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...

सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा...

प्रचण्डलाई ओलीको जवाफ : एमसीसी हस्ताक्षरकर्ता तपाईं ‘राष्ट्रवादी’, म कसरी ‘राष्ट्रिय हित विरोधी’

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावमा एमसीसी परियोजनामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपमा जवाफ दिएका छन् । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा...

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्