विराटनगरमा एसईई परीक्षा दिएका विद्यार्थीलाई अभिमुखीकरण

 न्यूज विराट
विराटनगरमा एसईई परीक्षा दिएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि अक्सफोर्ड कन्सलटेन्सी र इडुमार्क कन्सलटेन्सीले शुक्रबार एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। उच्च शिक्षामा अध्ययन गर्न विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यले शुक्रबार विराटनगरमा यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा अक्सफोर्ड कन्सलटेन्सीका संचालक दुर्गेश शाहले विद्यार्थीहरूलाई उच्च शिक्षाका विभिन्न अवसरहरूबारे जानकारी गराए। ‘एसईई परीक्षा दिएपछि विद्यार्थीहरूले आफ्नो भविष्य निर्माणका लागि सही शैक्षिक मार्ग छनोट गर्नुपर्छ,’ उनले भने ।
सगरमाथा स्कूलका प्रिन्सिपल त्रिलोचन गौतमले विद्यार्थीहरूलाई उच्च शिक्षामा विषय छनोटका बारेमा महत्वपूर्ण सुझाव प्रदान गरे। उनले भने ‘आफ्नो रुचि र क्षमताका आधारमा विषय छनोट गर्नुहोस् जसले तपाईंको भविष्य उज्यालो बनाउन सकोस्, ’ प्रिन्सिपल गौतमलले भने ।


इडुमार्क कन्सलटेन्सीका संचालक कविराज पौडेलले रोजगारमूलक शिक्षाको महत्त्वमा जोड दिए। उनले विद्यार्थीहरूलाई आधुनिक श्रम बजारका आवश्यकताहरूअनुसार अध्ययन गर्न आग्रह गरे।
कार्यक्रममा विभिन्न विषयका विज्ञहरूले विद्यार्थीहरूका जिज्ञासाहरूको समाधान गरे र उनीहरूलाई भावी शैक्षिक यात्रामा मार्गदर्शन गरे।
यो अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक र पेशागत भविष्य निर्माणमा महत्वपूर्ण सहयोग पुर्याएको छ। कार्यक्रममा एसइइ परीक्षा दिएका दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

झापामा पीसीआर प्रयोगशाला

झापा, २१ साउन-मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । संघीय सांसद पवित्रा खरेल र प्रदेश-१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा सो प्रयोगशालाको उद्घाटन गरे...

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि...

स्रोत नखुलेको साढे १९ लाख सहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–५ साहेबगन्जका ४९ वर्षीय सुरेप्रसाद साहलाई स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनलाई बुधबार...

कृषि उपजको सूचना प्रवाह गर्ने ‘कृषि मुल्य सूचना प्रणाली’ सञ्चालन

विराटनगर । कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । प्रमुख कृषि बजारहरुमा पाइने कृषि उपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले बुधबारदेखि उक्त सूचना प्रणाली संचालनमा ल्याएको हो । मूल्य सूचना प्रणाली सार्वजनिक...

गठबन्धन सरकारको फेरी अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...

ढुक्क भएर खोप लगाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । दोस्रो चरणको खोप अभियानको क्रममा आइतबार त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि प्रधानमन्त्री ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका हुन् ।...

कोरोना महामारीः भारतमा एकैदिन साढे ८ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो । वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्