
प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो
विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...
विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ ।
विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएको हो । जितसँगै मोरङ र आयोजकले समान २–२ अंक जोडेको छ ।
दोस्रो दिनको पहिलो खेलमा मोरङले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको उदयपुरले १९ दशमलप ३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो । उदयपुरका पर्वत राईले १९ बलमा १५ रन, नवराज सिग्देलले ९ बलमा ११ रन बनाए भने निराजन तिवारीले २१ बलमा १० रनको योगदान दिए । उदयपुरका अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन ।
मोरङका मिनाशा थापाले कसिलो बलिङ गरे । उनले ४ ओभरमा ७ रन बनाएर ४ विकेट लिए । उनी खेलको प्लयेर अफ म्याच घोषित भएर नगद २ हजार पाँच सय पाए । अमर यादवले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ थालेकोे मोरङले १९ दशमलप ६ ओभरमा सबै विकेट गुमाइ ११९ रनको लक्ष्य लिएको थियो । मोरङका दिपक पासवानले सर्वाधिक रन बनाए । उनले २७ बलमा ४ चौका प्रहार गरे । सन्तोष चौधरीले २१ बलमा १८ रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन ।
उदयपुरका तेज आचार्य र नवराज सिग्देलले समान ३–३ विकेट लिए । तेजले ४ ओभरमा १८ रन खर्चिए भने नवराजले ३ ओभरमा ३३ रन खर्चिए ।
सोही दिन भएको दोस्रो खेलमा सुनसरीले दिएको ११८ रनको लक्ष्य निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा आयोजकले पूरा गर्यो । आयोजकको जितमा निरु मुखियाले सर्वाधिक रन बनाए । उनले २९ बलमा ३६ रन बनाए । निरुले १ छक्का १ चौका प्रहार गरे । मुकुन्द यादवले अविजित २५ बलमा २५ रन पारी खेल्दा जशक खड्काले अविजित २३ बलमा १५ रनको योगदान दिए ।
सुनसरीका बलर हार्दिक, गौरव कटुवाल, सिरयान यादवले समान १–१ विकेट लिए ।
यसअघि सुनसरीले १९ दशमलप ६ बलमा सबै विकेट गुमाइ ११७ रनमा सिमित भएको थियो । जसमा सोनु मण्डलले ३६ बलमा ३४ रन र रितेस रोयले २० बलमा २८ रन बनाए । सुनसरीका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन ।
आयोजकका अलराउन्डर खेलाडी जोशक खड्काको कसिलो बलिङ सामु सुनसरीका खेलाडी क्रिजमा टिक्न सकेनन । उनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिए । आयोजकका जोशक खड्का प्यलेर अफ द म्याच घोषित भए । उनले नगद २ हजार पाँच सय पाए । त्यसैगरी विधान गोस्वामीले ३ ओभरमा ४१ रन खर्चर ३ विकेट लिए । प्रशान्त साह र कृष्णले समान १–१ विकेट लिए ।
बिहीबारको पहिलो खेल मोरङ र इलामबीच हुने छ भने सोही दिन हुने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।
विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...
विराटनगर, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा आज बिहान यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आज...
नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो । प्रतियोगिताको...
विराटनगर, २६ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा एक÷एक र प्रदेश...
काठमाडौं । खराब मौसमका कारण तारा एअरको दुर्गममा हुने सबै उडान ठप्प हुन पुगेको छ । काठमाडौंबाट लुक्ला र फाप्लुमा हुने सम्पूर्ण उडानहरु रद्ध गरिएको तारा एअरले जनाएको छ । त्यस्तै नेपालगञ्ज तथा सुर्खेतबाट हुने...
विराटनगर, ५ फागुन । मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आगलागीबाट पीडीत परिवारलाई युवा संघ रतुवामाई नगर कमिटीले सहयोग गरेको छ । मंगलबार राति साढे सात बजेतिर स्थानीय नुर महम्मदको घरमा आगलागी भएको थियो । आगलागीबाट पीडीत...
विराटनगर । मोरङ प्रहरीले पाँच महिनामा झण्डै दुई सय जना फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर १२ गतेसम्म १९७ जना फरार प्रतिवादी पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन...
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेको ‘घुमुवा’ प्रहरीले आतंक सिर्जना गरेको पाइएको छ । तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सिर्जना गरेका...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.