पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

 न्यूज विराट
पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो ।

प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।

यसअघि सो लिग २५ वैशाखदेखि १ जेठसम्म हुने तय गरिएको थियो । ‘अहिलेको अवस्थामा कुनै पनि प्रतियोगिता गर्न सकिने अवस्था छैन’ महासचिव चन्दले भने, ‘पछि संघको बैठकबाट प्रतियोगिताको छिनोफानो गछौँ ।’

पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष तथा ६ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो । ‘कोरोना भाइरसका कारण संघको खेल तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आयो’ उनले भने । रासस

सम्बन्धित समाचार

फेवातालमा एक जनाको शव भेटियो

पोखरा, २८ वैशाख-पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ । आइतबार पोखरा–१८ सराङकोटका ४० वर्षीय राजु बास्तोला मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादब ढकालले जानकारी दिए । स्थानीयले हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र...

खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

पुरन साह  जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको...

राष्ट्रपति भण्डारीको आह्वान : घरमै बसेर सरकारलाई सहयोग गरौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पनि देखिएको कोविड–१९ विरुद्ध आ–आफ्नो ठाउँबाट क्रियाशील हुन सबै पक्षलाई आग्रह गरेकी छन् । बिहीबार तेस्रो नेपालीलाई कोरोना संकम्रमण पुष्टि भएपछि एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले घातक भाइरसविरुद्धको अभियानलाई सुदृढ...

कटहरीमा सर्पंदंश उपचार केन्द्र निर्माण सुरु

विराटनगर, जेठ २३–मोरङको कटहरी गाउँपालिकामा सामुदायीक सर्पदंश उपचार केन्द्रको निर्माण कार्य सुरु भएको छ । कटहरी गाँउपालिका–५ थलाह स्थित सूर्य दल गण व्यारेक परिसरमा रहेको २ कठ्ठाजग्गामा सर्पदंश प्राथमिक उपचार केन्द्र निर्माण कार्य सुरु भएको...

वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु

जनकपुरधाम, ९ साउन-वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज...

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौँ, मंसिर ६ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ ।प्रदेश...

‘२ वर्षको अवधिमा सरकारका उत्साहवर्धक उपलब्धि’

काठमाडौं, २ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले २ वर्षको अवधिमा उत्साहावर्धक उपलब्धि हासिल गरेको दाबी गरेकी छन् । 'सरकार २ वर्षको छोटो अवधिकामा उत्सहावर्दध उपलब्धि हाँसिल गर्न सफल भएको छ' उनले...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्