प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटनमा इलाम र उदयपुर भिड्दै

 न्यूज विराट
प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।
कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् । चैत १६ गतेसम्म हुने प्रतियोगितामा ६ जिल्लाका क्यानमा आवद्ध खेलाडीहरुले भाग लिएका छन् । जसमा सुनसरी, झापा, आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी, मोरङ, इलाम र उदयपुर रहेको छ । उद्घाटन खेल इलाम र उदयपुर जिल्लाबीच हुनेछ । लिगको आधारमा यो प्रतियोगिता हुनेछ । क्यानसँग आवद्ध भएका ६ जिल्लालाई समेटिएको मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुररी चौधरीले बताए । प्रतियोगितामा विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एकेडेमीकी सचिव जोशीले बताइन् । म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेकोछ । दैनिक हुने खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद २ हजार पाँच सय रुपैयाँ छ ।


यस प्रतियोगिताले कोशी प्रदेशको क्रिकेट क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने सचिव जोशीको भनाई छ । ‘कोशी प्रदेशमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नयाँ खेलाडीहरु उत्पादन गर्न हामीले यो प्रतियोगिता गरिएको हो,’ उनले भनिन्, ‘भव्य र सभ्य तरिकाले हुने क्रिकेट प्रतियोगिता हेर्न आउन सम्पूर्णलाई आग्रह गर्दछु ।’

सम्बन्धित समाचार

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो । नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि...

विपदको समयमा पठाइएको रकम अनुमोदन

काठमाडौं, १५ वैशाख-काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट भएको प्रयासको समीक्षा गर्दै आइतबार साँझ...

लकडाउन मोडालिटीबारे विज्ञसँग प्रधानमन्त्रीले थाले परामर्श

काठमाडौं, २१ जेठ-जिल्ला-जिल्लाबाट व्यवसायीले लकडाउनको अवज्ञा गर्ने चेतावनी दिएसँगै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी लागू गर्ने कार्यमा छलफल सुरु गरेको छ । मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले निजी क्षेत्रसँग परामर्श गरेको...

शिक्षादीप कलेजका साढे ११ सय विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजले कक्षा १२ को परीक्षा दिएका साढे ११ सय विद्यार्थीलाई विद्याई गरेको छ । विज्ञान संकायका ८ सय र व्यवस्थापन संकायका ३५० जना विद्यार्थीहरुलाई कलेजले एक भव्य...

विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...

नेपाल प्रहरीमाथि जाइ लाग्ने चिनियाँ नागरिकलाई मुद्दा लगाइने

 काठमाडौं, २७ वैशाख-सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने ४ चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरूलाई आइतबार अभद्र...

लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा...

आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रचण्डको धोति फेरि खुस्कियोः महेश बस्नेत

काठमाडौँ, माघ २३ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो स्वार्थका लागि रास्ट्रघात र अपराध जे पनि गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको धोति फेरि एक पटक खुस्किएको बताउनुभयो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्